सैनिक आवासीय महाविद्यालयको ४२ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १५ पुस नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको भक्तपुर नपा वडा नं. १ स्थित सैनिक आवासीय महाविद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस सोमबार कलेज प्रांगणमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि महारथी थापाले विद्यालयद्वारा प्रकाशित ‘सल्लाघारी २०७६ स्मारिका लोकार्पण गर्नुका साथै एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई गोल्ड […]

Continue Reading

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने

भक्तपुर, १५ पुस २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन आइतबार गृहमन्त्रालयमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिको बैठक बस्यो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न मूल समारोह समितिले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते भक्तपुर नपाको दरबार क्षेत्रमा गर्ने र सो कार्यक्रमको जिम्मा भक्तपुर नगरपालिकालाई दिने तय […]

Continue Reading

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने

काठमाडौं, १५ पुस ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय संसदका सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खडका, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, […]

Continue Reading

ऐतिहासिक दरबार हाइस्कूल चीनले यस्ताे बनाइदिए

भक्तपुर, ११ पुस बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो ।   गोर्खा […]

Continue Reading

के तपाइँ कम्पनी दर्ता गर्दै हुनुहुन्छ ? यी कागजात मिलाउनुहाेस् ।

भक्तपुर, ११ पुस व्यवसाय सञ्‍चालन गर्ने उदेश्यले कम्पनी ऐन, २०६३ अन्तर्गत प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेडको रुपमा स्थापित हुने स्वशासित, संगठित संस्थालाई कम्पनी भनिन्छ । कम्पनीले कानुनी रुपमा व्यक्तिसरह अधिकार प्राप्त गरेको हुन्छ । यसले चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, बेचविखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ । साथै कानुनी उपचारको लागि कम्पनीले आफ्नो नामबाट नालिस उजुर […]

Continue Reading

तलेजुको ३२९ वर्ष पुरानो नगरा भक्तपुर नपाद्वारा पुनःस्थापित

भक्तपुर, ११ पुस भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३२९ वर्ष पुरानो दुईवटा ठूलो ऐतिहासिक नगराहरूलाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तल (तबा सत्तल) मा बिहीबार पुनःस्थापना गरियो । भक्तपुर नगरपालिकाको तर्फबाट मर्मत सम्भार गरिएको ती नगराहरूलाई पुस १० गते दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच ताहा सत्तल (तबा […]

Continue Reading

नवर्निर्माण प्राधिकरण स्थापनाको चार वर्ष पूरा, पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति

काठमाडौं,  १० पुस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य स‌ंस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा औषतमा ८३ प्रतिशत प्रगति भएको बताएको छ । स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको हो । भूकम्पबाट तहसनहस भएका संरचनालाई अहिले […]

Continue Reading

नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न तयारी बैठक

भक्तपुर, ९ पुस नेपाल सरकारले कम्तीमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० अभियान सफल र प्रभावकारी कार्यान्वयनको लागि तथा सन् २०२० जनवरी १ मा हुने समुद्घाटन कार्यक्रमको तयारीस्वरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल […]

Continue Reading

धेरैलाई थाहै छैन भ्रमण वर्ष के हो ?

भक्तपुर, ९ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० बारेमा धेरैलाई थाहै नभएको बताएका छन्। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटन मन्त्रालयले बुधबार सरोकारवालासँग गरेको छलफलमा उनले त्यस्तो भनेका हुन्।पर्यटनमन्त्री योगेश भट्टराईकोसमेत उपस्थितिमा सिंहदरबारमा भएको कार्यक्रममा बोल्दै मेयर प्रजापतिले भ्रमण वर्षको तयारीबारेमा पनि प्रश्न उठाएका छन्। भ्रमण वर्षबारेमा कतिपय ठाउँमा थाहा […]

Continue Reading