गाँउमा भएको विकासका बारेमा स्थानिय नै अन्यौलमा

समाचार

रौतहट, १२ मंसिर


स्थानिय तहले प्रत्येक चौमासिकमा सञ्चालन गरेका योजनाबारे अनिवार्य रूपमा स्थानीयलाई जानकारी गराउनु पर्छ । उनीहरुको सल्लाह,सुझाव र जनगुनासोका आधारमा भावी नीति तथा योजना सञ्चालन गर्नुपर्ने हुन्छ । तर रौतहटका अधिंकाश स्थानिय तहले सुशासनका मापदण्ड पूरा नगरेको पाईन्छ । १६ नगरपालिका र २ वटा गाँउपालिका गरी १८ वटा स्थानिय तह रहेको यस जिल्लामा अधिंकाशले सार्वजनिक सुनुवाई नगरेको पाईएको हो । जसका कारण स्थानिय तहले गरेका काम पनि अपारदर्शी बन्दै गएको छ ।सामान्य योजनाका बारेमा समेत स्थानिय तहले जानकारी नदिने गरेकाले अपारदर्शी बन्दै गएको चन्द्रपुर नगरपालिकका स्थानिय टिकाराम रसाँईलीले बताए । नगरपालिकाले संचालन गरेका योजनाहरुको बारेमा नगरबासीलाई जानकारी हुनुपर्छ उनले भने । तर यस बिषयमा कसैलाई थाहा छैन् । स्थानियसंग छलफल नै नगरी स्थानिय सरकारले ल्याएका योजनाका बारेमा धेरै अनभिज्ञ रहेको उनको भनाई छ । चन्द्रपुर, गौर, गरुडा , वृन्दावन, गुजरा, गढिमाई, माधवनारायण, बौधिमाई, राजदेवी, राजपुर, फतुवा बिजयपुर, दुर्गाभगवति, यमुनामाई लगायतका स्थानिय तहले ल्याएका योजनाका बारेमा स्थानिय नै बेखबर छन् । गाँउमा विकाश निर्माणका कामले गति लिएको छ बृद्धावन नगरपालिका बस्ने रुपेन्द्र पटेलले भने यी योजना सम्पन्न गर्न कसको सहयोग हो भन्नेमा अन्यौल छ । संघिय, प्रदेश, स्थानिय सरकार वा अन्य कुनै निकायको सहयोगमा संरचना बनेका हुन र कातिको लागतमा छ स्प्रष्ट नहुने गरेको उनको भनाई छ । नगरको वडा नम्वर १ स्थित विश्रामपुर चोकदेखि नगरपालिका कार्यालय हुँदै बलेरी टोल जाने सडक कालोपत्रे भएको छ । उतm सडक कहाँबाट र कसको लागतमा बनेको बारेमा अझै गाँउलेलाई जानकारी छैन् । बृद्धावन नगरपालिकाले नगर स्तरिय योजना अन्र्तगत निशुल्क चाँपाकल बितरण भएको छ । बलेरी , रमौली , खैराटोल , विश्रामपुर , धमौरा , हर्षाहा लगायतका स्थानमा बितरण भएको छ भने भुसाहा , बहुअरी, सिसुवा धमौरा , आँकडपाथर , नगरकटियमा चाँपाकल बितरण नहुँदा नगरबासी नै अन्यौलमा छन् । नगरपालिकाले कतिको संख्यामा चाँपाकल बितरण गर्नेे र कस्ता परिवारलाई बितरण दिने योजनाका बारेमा स्प्रष्ट जानकारी नदिएको स्थानिय बताँउछन् । स्थानीयले योजनाबारे कहिँ कतै गुनासो गर्दा पार्टीगत रूपमा वा विरोधीका रूपमा स्थानीय सरकारले लिने गरेको उनीहरुको आरोप छ । नेपालको संविधानमा सूचनाको हक उल्लेख गरिए पनि सामान्य योजनाका बारेमा स्थानिय तहले स्थानिय समक्ष नपु¥याउनु दुखद भएको चन्द्रपुर नगरपालिकाका स्थानिय अगुवा भरत आचार्यले बताए । स्थानिय सरकारले योजना तर्जुमा गर्दा स्थानिय स्तरमा छलफल गर्नु पर्ने उनको भनाई छ । तर योजना तर्जुमा स्थानियको सहभागिता नहुँदा र वडा तथा नगरपालिका र गाउँपालिकाले सार्वजनिक सुनुवाई नगर्ने गरेकाले स्थानिय तह अपारदर्शी बन्दै गएको उनको बुझाई छ । प्रत्येक चौमासिकमा अनिवार्य रूपमा गरिनुपर्ने सार्वजनिक सुनुवाई नै स्थानिय तहले नगरेपछि संविधानमा मौलिक हकका रूपमा उल्लेखित सूचनाको हकसम्बन्धी अधिकारबाट स्थानिय वञ्चित छन् । तर बृद्धावन नगरपालिकाका नगर प्रमुख रामस्नेही यादवले नगरका हरेका सूचना तथा योजनाहरुका बारेमा नगरबासीलाई जानकारी दिने गरेको दावी गर्छन् । नगर सभा र भेला मार्फत योजनाहरु सार्वजनिक गर्ने गरेको उनको भनाई छ । यदि योजनाका बारेमा आवश्यक सूचना नभएको खण्डमा नगरपालिकाको सूचना अधिकारी वा योजना शाखामा सम्पर्क गरेर बुझ्न सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *