काठमाडौं, ११ मंसिर
मंगलबार एपेन्डिक्सको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि डायलासिस गर्ने तयारी गरिएको छ।महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार भर्ना भएका प्रधानमन्त्री ओलीको त्यहीँ डायलासिस गर्ने तयारी भइरहेको अस्पताल स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।उनको स्वास्थ्य निकै सुधार भएको छ। प्रेसरको औषधी पनि कम गरिएको छ, स्रोतले भन्यो,‘अब उनको डायलासिस गर्ने तयारी हुँदैछ।’सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली सोमबार बिहानै अस्पताल पुगेका थिए। अस्पतालमा परीक्षण गर्दा उनलाई एपेन्डिसाइटिस (एपेन्डिक्स सुन्निने) र पेरिटोनाइटिस (पेटमा संक्रमण) भएको देखिएको थियो। त्यसपछि उनको शल्यक्रिया गरिएको थियो।बुधबार बिहानसम्म ओलीलाई भेन्टिलेटरमा राखिएको थियो।उनलाई कम्तीमा एक साता अस्पताल बस्न सुझाव चिकित्सले सुझाव दिएका छन्,’ स्रोतले भन्यो।
यसअघि प्रधानमन्त्रीको डायलासिस धापासीस्थित ग्रान्डी अस्पताल भएको थियो। आइतबारमात्र उनको चौथो पटक डायलासिस भएको थियो।