जेंला पोखरी (पुखुचा) को उद्घाटन

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २९ भदौ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार बिहान भक्तपुर नपा वडा नं. ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गरे । उक्त पोखरी भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७५/७६ मा पुनःनिर्माण सम्पन्न सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन गदै नगरप्रमुख प्रजापतिले पुराना सम्पदाहरु नव–निर्माण गरिंदा इतिहास मेटिने सम्भावना भएको हुँदा भक्तपुर नगरपालिकाले पुरानो सम्पदाहरुको पुनःनिर्माण्मा पुरानै शैली र प्रविधि अपनाइरहेको बताए । उनले पोखरीहरुको महत्वबारे प्रस्ट पार्दै पुर्खाले सिर्जेका कला–कृतिहरु नयाँ पुस्ताको लागि अमूल्य सम्पत्तिको रुपमा रहेको बताए ।
पुराना मौलिक प्रविधि वैज्ञानिक भएको बताउँदै उनले नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्मित सबै सम्पदा तथा विकास निर्माण कार्यहरु उपभोक्ता समितिहरुमार्फत् कम लागतमा गुणस्तरीय निर्माण भइरहेको बताए ।


वर्तमान समयमा डेंगु रोगको महामारी फैलिरहेको बताउँदै सरसफाइमा बढी ध्यान दिन र समुदाय नै सचेत हुनुपर्ने बताउँदै प्रमुख प्रजापतिले विषादीयुक्त खानेकुराका कारण नसर्ने रोगको जोखिम पनि बढिरहेको बताए । उनँले नजिकिँदै गरेको नेमकिपाको सातौं महाधिवेशनमा सहभागिताको निम्ति आह्वान गरे ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्तिलाई अब प्रविधिसँग जोड्दै लानुपर्ने र हाम्रो सम्पदाहरु पानी र संस्कृतिसँग पनि जोडिएको बताए । पुर्खाले विकास गरेको प्रविधिको महत्वबारे उनले प्रस्ट पारे।


भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले जनताको साथ र सहयोग प्राप्त भएकै कारण भक्तपुरको विकास सम्भव भएको बताउदै २०७२ सालको भूकम्पबाट पुरिएको जेंला पोखरीको पुनःनिर्माण निकै कम लागतमा पुनःनिर्माण सकिएको बताए ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिलाई वडाध्यक्ष महेन्द्र खायमलीले पुखुचाको प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा नेमकिपा वडा नं. ८ का इन्चार्ज कृष्णप्रसाद कोजु, अनुगमन समितिका संयोजक एवम् वडा सदस्य शिवप्रसाद बाला, अनुगमन समिति सदस्य शिवराम बोहजु र जेंला पोखरी उपभोक्ता समितिका अध्यक्ष पुण्यराम बोहजु र सुनिलले पनि बोलेको थियो । जेंला पोखरी पुनःनिर्माणको लागत इस्टिमेट १४ लाख बराबरको थियो भने करिब १० लाख ४ हजारको लागतमा पुनःनिर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *