भक्तपुर बचतमा सपथ ग्रहण तथा परिचयात्मक कार्यक्रम

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, २ मंसिर


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले एउटा सल्लाहकार समिति र ९ वटा उपसमिति गठन गरी संस्थालाई पूर्णता दिएको छ । उक्त संस्थाले मनोनयन गरेका उपसमितिका सदस्यहरुलाई सोमवार एक कार्यक्रमको आयोजना गरी संस्थाका सञ्चालक अध्यक्ष बलराम प्रजापतिले सपथ ग्रहण गराएको छ ।
गत कात्तिक ३ गते स्थानीय ब्रम्हायणीमा भएको २२औं वार्षिक साधारणसभाबाट बलराम प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र कृष्णसुन्दर प्रजापतिको संयोजकत्वमा लेखा सुपरीवेक्षकण समिति निर्विारोध निर्वाचित भएको थियो । त्यसपछि बनेको सञ्चालक र लेखा सुपरीवेक्षण समितिको बैठकले सल्लाहकार र उपसमितिका पदाधिकारीहरु चार वर्षे कार्यकालका लागि मनोनयन गरी पूर्णता दिएको हो ।


संस्थाले आर्थिकसँगै विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक, खेलकूद, स्वास्थ्यवद्र्धकलगायतका विविध क्रियाकलापहरु विभिन्न उपसमितिहरुबाट सञ्चालन भइरहेको छ । विगतका समयमा यस संस्थाले भ्वायलिनको तालिम, बाँसुरी तालिम, फोटोग्राफीको तालिम, बालसदस्यहरुबीच खेलकूद तथा चित्रकला प्रतियोगिता, ज्येष्ठ नागरिकको धार्मिक भ्रमण, सहकारी भ्रमण, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, व्यवसाय वृद्धिका विभिन्न तालिम तथा शेयर सदस्य शिक्षा शिविरलगायतका गतिविधिहरु भएका थिए । संस्थाले निर्मल प्रजापतिको संयोजकत्वमा सूचना तथा प्रकाशन, लक्ष्मी प्रसाद कुसीको संयोजकत्वमा शिक्षा, विष्णुकुमार प्रजापतिको संयोजकत्वमा युवा, जगन्नाथ प्रजापतिको संयोजकत्वमा ऋण, रामलक्ष्मी दुवालको संयोजकत्वमा कृषि, तारादेवी धन्छाको संयोजकत्वमा व्यवसाय प्रवद्र्धन, राजेश प्रजापतिको संयोजकत्वमा खेलकूद, रामेश्वरी कोजूको संयोजकत्वमा महिला, र नारायणी खोंजूको संयोजकत्वमा सांस्कृतिक उपसमिति बनाएको छ । संस्थाले सोही अवधिका लागि सल्लाहकारहरुमा कृष्णप्रसाद धन्छा, रामकृष्ण प्रजापति, विष्णुगोपाल कुसी, लक्ष्मी नारायण दुवाल, रत्नप्रसाद प्रजापति र कानूनी सल्लाहकारमा रामप्रसाद प्रजापतिलाई मनोनयन गरेको छ ।

संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद धन्छा, उपाध्यक्ष निर्मल प्रजापति, सचिव लक्ष्मी प्रसाद कुसीलगायतले बोलेका थिए । मंसिर १ सम्ममा ७ हजार २ सय १८ जना सदस्य बनाएको उक्त संस्थाले २ अर्ब २४ करोडको पूँजी तथा दायित्व कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *