स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण

कला/साहित्य समाचार

काठमाडौं, २ असोज


कुलराज पौडेल (रुपक)द्वारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण गरिएको छ ।
लेखन कुञ्ज नयाँबानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र शताब्दी पुरुष सत्यमोहन जोशीबाट संयुक्त रूपमा पुस्तक लोकापर्ण गरेका हुन् ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सार्वभौम ज्ञानका पाँच पुस्तकहरू आजको विश्वमा खोजी भैरहको र नयाँ पुस्ता यिनै ज्ञान, सिद्धान्त र प्रयोगको लागि तिर्खाइरहेको बताए । उनले यो अवस्थामा कुलराज पौडेलले यिनै ज्ञानको खोजिमा विश्वभरि छटपटाइरहेका आम मानवजातिलाई नेपालबाट ज्ञान, सिद्धान्त र प्रयोगको बाटो देखाउन अब्बल रहेकोमा लेखकलाई धन्यवाद व्यक्त गरे । सार्वभौम ज्ञान हरेक राजनैतिक सीमा, जाति र धर्मभन्दा माथि रहेको बताए ।
शताब्दी पुरुष सत्यमोहन जोशीले चीन र जापानको नोबल पुरस्कार विजेता लेखकहरूसँग तुलना गरी सार्वभौम ज्ञानका पाँचै खण्ड पुस्तक भोलिका दिनमा अङ्ग्रेजीमा अनुवाद गरेमा नोबेल पुरस्कारको लागि मनोनित हुन लायक पुस्तक बनेको बताए ।
उक्त अवसरमा समीक्षक डा. राम प्रसाद दाहालले सार्वभौम दर्शनका पाँच खण्डहरू भविष्यमा नेपालको इज्जत हुने साथै व्यास र बुद्धपछि धक्कादार रूपमा नयाँ उचाइको सार्वभौम दर्शन नेपालबाटै प्रादुर्भाव भएकोमा खुशी व्यक्त गरे ।
सार्भभौम दर्शनका पाँच खण्डहरुमध्य सार्वभौमयुगको विश्व विद्यानले एक विश्व सरकार बनाउनका लागि आवश्यक सम्पूर्ण शैदान्तिक ज्ञानहरुलाई प्रस्तुत गरेको छ । सार्वभौम अध्यात्मले प्रकृति र प्रकृतिको कारण कर्तारुपि ईश्वर लगाएत सुक्ष्म आध्यात्मिक चिन्तनहरुलाई पस्केको छ । जुन चिन्तन सबै धर्म र सम्र्पदायबाट र टाढा र नजिक पनि छैन्न । सार्वभौम विज्ञान नामक पुस्तकमा ब्रम्हाण्ड शक्ति लगाएत अत्यन्त जटिल भौतिक पक्षहरुको व्याख्या गरिएको छ । सार्वभौम नीति चाण्क्य विदुरकै पथमा लागि युग अनुकुल २०१० वटा नीति यस पुस्तकमा समेटिएका छन् । स्वर्गको कार्यशाला नामक पुस्तक उपन्यास अथवा नाटकको रुपमा प्रस्तुत गरिएको छ । जसभित्र अलौकिक स्वर्गको र वर्तमान पृथ्विको बारेमा बराबर चर्चा गरिएको छ ।
लेखनकुञ्जका अध्यक्ष कमल ढकालले समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन कुलराज पौड्याल द्धारा लिखित सार्वभौम दर्शनका पुस्तकहरु महत्वपूर्ण भुमिका रहने बताए । कार्यक्रममा सार्वभौम दर्शनकै संयुक्त लोकार्पण गरियो । जसमा सार्वभौम युगको विश्व विधान, सार्वभौम विज्ञान, सार्वभौम अध्यात्मसहित पाँच खण्ड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *