शुक्रबार ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ असाेज

पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  ६० हजार ६ सय ९६ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ४८ हजार ६ सय ४६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा छन्। नेपालमा २१ हजार २ सय ३४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –५४०२
प्रदेश २– १३९२८
बाग्मती प्रदेशमा –१८८५१
गण्डकी प्रदेशमा –३३७९
प्रदेश ५मा –९०८१
कर्णाली प्रदेशमा –३०२५
सुदूरपश्चिम प्रदेशमा ७०३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *