सामाजिक समस्याः छाउपडी प्रथा

समाचार स्वास्थ्य

अनुषा भैनात्व
भक्तपुर, २८ असार

जनसंख्याको ५० प्रतिशतभन्दा बदी भाग ओग्टेका महिलाहरुको चौतर्फी विकास बिनासमाज र राष्ट्रको विकासमा सम्भव देखिदैन ।हाम्रो देश नेपालमा महिलाहरुप्रति गरिएका विभिन्न दुव्र्यहार कुरीति र संस्कारहरुका कारण महिलाहरुलाई आगाडि बढ्नमा कठिन भइरहेछ । आजको एक्काइसौं शताब्दीमा पनि समाजमा अन्धविश्वासका कारण विभिन्न यातना सहनुपरेको देखिन्छ । यस्तै अन्धविश्वासवाट जकडिएको र साहै न्यून जीवन बिताइरहेका छन् सुदूरपश्चिमाञ्चलका अछामवासी महिलाहरु अछाम जिल्लामा देखिएका संस्कारमध्येको छाउपडीप्रथा पनि एक हो । किशोरावस्थामा केटीहरु (युवतीहरु) मा देखापर्ने शारीरिक परिवर्तनमध्ये रजस्वला एक हो । यस रजस्वला हुनुलाई सुदूरपश्चिम क्षेत्रमा ”छाउपडी“ भनिन्छ । रजस्वला भएकी महिलालाई अन्य अवस्थाभन्दा कामको कम बोझ, खानाको राम्रो व्यवस्था र आरामको जरुरत पर्दछ भन्ने तथ्यलाई रजस्वला भएकाी जो कोही महिलाले पनि नकार्न सक्दिन । तर अछुत मात्र नभएर अपहेलित व्यवहार सहन बाध्य छन् । यसरी बाध्य गराउनेमा पुरुषहरु मात्रै नभएर महिलाहरु आफै छन् । रजस्वला भएको अवधिभर छ, सात दिनसम्म घरभित्र पस्न दिइँदैन न त खानाको र लगाउनेको राम्रो व्यवस्था हुन्छ । रजस्वला भएका महिला बाहिरबाट त्यस गोठमा निहुरी पर्दै बस्नुपर्ने प्रचलन छ । दिउँसोको समयमा खेतबारीको काम र जंगल गएर दाउरा ल्याउनुपर्ने जस्ता कठिन काम गर्नुपर्ने अनिवार्यता देखिन्छ । जसको कारण सफा पानीको नुवाइ–धुवाइ गरे तापनि विभिन्न रोगहरु लाग्ने सम्भावना देखिन्छ । यसरी हरेक महिना छ–सात दिनसम्म बाख्रा राख्ने खोरजस्तै सानो र अव्यवस्थित छाउपडी गोठमा बस्नुपर्ने बाध्यताले विभिन्न विषालु किरा तथा अन्य यातनाहरु झेल्नु नपर्ला भन्न सकिन्न । विद्यालय जाने युवतीहरु विद्यालय जान पनि पाउँदैनन् न त आराम नै गर्न पाउँछन् । छाउपडीलाई घरमा भित्र्यायो भने देवीदेवताहरुका साथै कुलदेवता रिसाएर विभिन्न किसिमका प्रकोपहरु आइलाग्ने कुराहरुले पूर्ण विशवास गरेका छन् ।
यस्ता कतिपय चलनहरु जसको फलस्वरुप समाज पछि परिरहेको छ, त्यस्ता परम्परालाई निर्मूल गर्ने उद्देश्यले सरकारी, गैरसरकारी संघ–संस्थाका साथै क्रियाकलापमा सबैको ध्यान केन्द्रित गर्न सकेमा छाउपडी लगायत समाजलाई नकारात्मक बाटोतिर डोप्याउने विभिन्न परम्परालाई निर्मूल पार्न सकिन्छ भन्ने तथ्यमा कसैको दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *