जलविद्युतमा किचलो

समाचार

पर्वत,५ असार


पर्वतमा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको अवरोध हटेको छ । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनका कारण उक महीनादेखि निर्माणकार्य रोकिएको थियो । बुधबार जिल्ला प्रसासन कार्यालयमा भएको सर्वपक्षिय छलफलका क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतीपुर्ती दिने सहमती भएकाले आयोजनाको अवरोध हटेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन् । स्थानीय ३० घरपरिवारले घर चर्र्किएकोमा राहातको माग गरेका थिए, प्रजिअ नेपालले भनिन्, प्राविधिकहरुको मुल्याकंन भन्दा २५ प्रतिशत बढाएर राहात दिने सहमती भयो । दुबै पक्षका बिचमा सहमती भएपछि अवरोध हट्यो ।
चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनामा जेठ ८ गते देखि निर्माण कार्य ठप्प थियो । क्षतिपुर्ती रकम एक साताभित्र आयोजनाले भुक्तानी गर्ने सहमती भएको प्रजिअ नेपालले जानकारी दिईन । क्षतिपुर्ती रकम लिएपछि स्थानियले अनिवार्य रुपमा आफ्ना घर मर्मत गर्नुपर्ने र निर्माणका क्रममा थप क्षति भएमा आयोजनाले क्षतिपुर्ती दिनुपर्ने सहमति पनि भएको छ ।
आयोेजनाको २ हजार ७ सय मिटर लामो सुरुङ्ग निर्माणका क्रममा बम बिष्फोटन गर्दा घर संरचनाहरुमा क्षति पुगेको भन्दै उचित क्षतिपुर्ती मागेर स्थानियबासीले सुरुङ्ग निर्माण कार्यमा अबरोध पु¥याउँदै आएका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का ३० घरमा क्षति पुगेको प्रतिबेदन प्राबिधीक समितिले दिएको थियो । यस अघि प्राबिधीक समितिले क्षतिपुर्ती सिफारिस गरेको थियो तर प्रभावित क्षेत्रका बासिन्दाले प्राबिधीक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका थिए । आयोजनाले भने घर निर्माणका क्रममा बिष्फोटनबाट कुनै क्षति नभएको र केही घरमा भूकम्प र स्थानिय भौगर्भिक अवस्थाका कारण सामान्य समस्या देखिएको रिर्पोट भूगर्भबिद्हरुले दिएको दाबी गर्दै आएको थियो ।
पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकामा निर्माण भैरहेको आयोजनाको २ हजार ७ सय मिटर सुरुङ्ग मध्ये २ हजार ५ सय मिटर भन्दा बढी सुरुङ्ग निर्माण कार्य सकिएको छ । स्थानीयको पटक पटकको अबरोधले गएको मंसिर पछि निर्माण कार्य अघि बढ्न सकेको छैन । आयोजनाको निर्माण कार्य २०७१ मंसिरबाट शुरु भएको थियो । सहमती कार्यान्वयन गर्न हामी पहिल्यैदेखि तयार नै थियौँ, आयोजना प्रमुख निरन्जनवहादुर राउतले भने, उनीहरुको माग बढ्दै गएपछि समस्या भएको हो । आयोजनाको काम अघि बढाउन स्थानीयको साथ र सहयोग अनिवार्य रुपमा चाहिने भएपनि अवरोध भैरहँदा आयोजनाले गति नलिएको राउतले बताए ।
निर्माणाधिन २० मेगावट क्षमताको तल्लो मोदीमा भने तालाबन्दी खुल्न सकेको छैन । तल्लो मोदी जलविद्युत आयोजनामा दुई सातादेखि मजदूरहरुले तालाबन्दी गरेका छन् । विद्युत उत्पादनको तयारी गरेको उक्त आयोजनाका मजदूरहरुले आयोजनाको काम सकिएपछि आफुहरुलाई स्वत स्थाई जागिर दिनुपर्ने माग राखेर तालाबन्दी गरेका हुन् । आयोजना प्रमुख पवनकुमार यादवले माग उपर छलफल भैरहेपनि सहमती हुन नसकेको जानकारी दिए । ४० जना मजदूरहरु जागिर दिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आयोजना पक्षले केहि कर्मचारी आयोजनाले स्थाई बनाएपनि सबैलाई नसक्ने अडान लिएको छ ।
बुधबार दुबै पक्ष संग छलफल भएपनि सहमती नहुँदा अवरोध कायमै रहेको जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्माले जानकारी दिए । ‘सहमतिको प्रयासका लागि हामी निरन्तर पहलमा छौ’ उनले भने,दुबै पक्ष सहमतीमा पुग्न नसकेपछि हामीले लचिलो हुन आग्रह गरेका छौँ ।
निर्माणाधिन आयोजनाले असार मसान्तमा परिक्षण उत्पादन शुरु गर्ने तयारी गरेको थियो । तिलाहारबाट ४ हजार २ सय मिटर लामोसुरुङ हुँदै कुश्माको चुवास्थित परादीमा आयोजनाको पावर हाउस बनाईएको छ । २०६८ सालबाट निर्माण कार्य थालेको आयोजना ३ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माणको काम सक्ने योजना थियो । तर पटक पटक अवरोध भएपछि लागत बढ्दै गएको छ । आयोजनाले ०६८ भदौमा विद्युत् प्राधिकरण संग विद्युत खरिद सम्झौता गरिसकेको छ । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले बताए ।
तल्लो मोदीखोला आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैँक सहित ११ वाणिज्य बैंक, उद्योगपति पशुपति मुरारका र जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधान लगायतको लगानी छ । आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपूँजी रहेको बताइएको छ । मोदीखोला हाईड्रोपावर प्रा.लि ले यो आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *