भक्तपुरमा ठेला ब्यापार

अर्थ/वाणिज्य समाचार

रोसना लैबा
भक्तपुर, २६ असार


भक्तपुरमा अहिले सानो पूँजीमा चटपट, फलफूल मःमः, फास्टफूड आदिको ठेला राखी ब्यापारमा संलग्न भएका मानिस थुप्रै छन् ।
युवायुवती र जुनसुकै उमेरका सबैलाई मिठो लाग्छ चटपट, फास्टफूड आदि । कोही सोखका लागि, कोही मिठो लागेर त कोही टइम पासका लागि ठेलामा खान जान्छन् । आजकल चटपट त झन प्रचलनमा आएको छ । यस्ता ठेला कमलविनायक, दरवार स्क्वायर, गहिति, च्याम्हासिंह, सूर्यविनायक आदिमा थुप्रै देखिन सकिन्छ । त्यहाँ दिनहुँ चटपट, पानीपुरी, मःमः आदिका प्रेमीहरुका घुइँचो लाग्ने गर्छ । कमलविनायकमा मात्रै लगभग १३ वटा चटपटे, फलफुल, फास्टफूडका ठेला छन् । चटपट विक्रेता अमृता दास विगत ४ वर्ष देखि सो काम गर्दै आएकी बताइन् । “थोरै लगानीमा नै ब्यापार सञ्चालन गर्न सकिने भएकाले थुप्रै मानिस यस ब्यवसायमा संलग्न हुने र थोरै लगानीमा सञ्चालन गरे अनुसार फाइदा भएको” दास बताउँछिन् । भक्तपुरमा यस्ता ठेला जति बढेपनि खानेहरुको घुइँचो भएको र धेरैजसो बलुकीपख ग्राहकको घुइँचो लाग्ने भएकाले एक जनाले मात्र चलाउन गाह्रो हुने त्यही मःमः ठेला राख्ने अन्जु तामाङ्गले भने । भक्तपुर दरवार स्क्वायरमा चटपट, पानीपुरी ठेला राखेकी सावित्री यादव लगभग १४ वर्षदेखि यस ब्यवसायमा संलग्न भएको बताए । यही पेशा अपनाउँदै परिवार धानिरहेको उनको भनाइ छ । उनका अनुसार पिरो, अमीलो चटपट, पानीपुरी केटीहरुलाई मनपर्ने भएकाले केटी ग्राहक हुने तर अब केटाहरु पनि चटपट, पानीपुरी खान आतुर रहन्छन् । यस ठेला ब्यवसायले धेरैलाई रोजगार दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *