धुनीबेसी नगरपालिकामा कुकुरको विगविगी

समाचार

तुलसा कार्की
भक्तपुर, २६ असार


बाघ, चितुवा तथा बाँदरको विगविगी त सामान्यतया हामीले सुन्दै आएका छांै । तर कुकुरको विगविगी त कमै सुनेका छौं र यो सायद धुनीविसी नगरपालिकामा पहिलो पटक होला । कुकुर खोरमै आएर खसी, बाख्रा मार्ने तथा उनीहरुको मासु खाने गरेको छ । जसले गर्दा वडा नं. १ र २ का स्थानीयबासीहरु एकदमै ग्रसित अवस्थामा छन् भने अहिले सम्म धेरैको क्षति भएको कुरा बताउँछन्, स्थानीय बासी असोक बास्कोटा ।
गाउँमा कुकुर पसेर खसी बाख्रा खोरमै आएर मार्ने गरेकाले स्थानीय ग्रसित छन् । उनीहरुले अन्य कुरामा समय दिन नसकिरहेका छन् । केही महिना अगाडिदेखि यस्ता समस्या देखिरहेता पनि हाल आएर भने यस्ले विकराल रुप लिएको छ । पहिला ६ वटा कुकुरले पुरै गाउलाइनै आतंतिक पारेको छ भने स्थानीयहरुले नै ३ वटा कुकुर मारिदिएका छन् त अझै तिन ओटा कुकुरले गाउँ आतंकित बनाइरहेको छ । कुकुर आतंकले अहिलेसम्म सयौं भन्दा बढि किसान ग्रसित छन् । स्थानीय कान्छी मिजार भन्छिन, मेरो त २ वटा बाख्रा खोरबाटै आक्रमण गरेर खाइदियो, अब अरु काममा जति कि घरमै बाख्रा कुरेर बस्नी हो ? स्थानीयहरुले वडा कार्यालय घेर्दा समेत केही पहल भएन साथै नगरका मेयरलाई समेत फोन गरेर भन्दा कुकुर मार्ने अधिकार नगरपालिकाको नरहेको बताए भन्दै जनप्रतिनिधिहरु जिम्मेवार नभएकोमा दुखेसो व्यक्त गर्दछन् स्थानीय सालिकराम बास्कोटा । विगत दुई वर्षदेखि नै धुनीबेसीमा यो समस्या भएतापनि गत ६ महिना देखि भने यस्ले विकराल रुप लिंदा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *