माटोखानी पनि अवरोध

सम्पादकीय
संगिता ढकाल
भक्तपुर, २५ असार
जिल्लाका विभिन्न भागहरुमा अवैध ढंगले माटोखानी संचालनमा छन् । स्थानीय तहले तिनलाई व्यवस्थित गर्नुको साटो कतिपय खानीमा जनप्रनिधिकै संलग्नता भेटिएको छ । २०७१ फागुन १५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि भन्दै जिल्लामा संचालित २६ खानीको फाइल कब्जामा लिएको थियो । साबिक जिल्ला विकास समितिले अख्तियारले फाइल लिएको बहानामा खानी बन्द ग¥यो । हालसम्म माटो, ढुङ्गा, बालुवा खानी व्यवस्थित र वैधानिक रुपमा संचालनमा ल्याउन सकेको छैन तर अवैध खानी संचालन कार्य रोकिएको भने छैन ।
संघियता लागू भइसकेको अवस्थामा स्थानीय तहमा नेतृत्व लिएका जनप्रतिनिधिकै संलग्नतामा माटोखानी संचालित छन् । खानीजन्य पदार्थको व्यवस्थापन गर्ने निकाय नै एक अर्कालाई दोष लगाउने बहानामा मिलेमतो मै अवैध खानी संचालन भइरहेको छ । चाँगुनारायण ९ गोठालेचौर, बालाटोल, सौडोल, धाराकुलो, डाँडापाटी, फैढोका लगायत सात स्थानबाट माटो उत्खनन गरी खुल्लमखुल्ला अवैध रुपमा माटो उत्खनन हुँँदा समेत स्थानीय तह दर्शक बनेर बसेको स्थानीय बासिन्दाको गुनासो छ । डोजर, स्काभेटरले डाँडा फाँडेको फाड्यै छ । रातदिन सयौँ टिपर माटो ओसार्छन्, स्थानीय अभिषेष खड्काले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *