हलालगाउँका घरघरमा धारा, जनता खुशी

समाचार स्वास्थ्य
संगिता ढकाल
ताथली, २५ असार
लामो समयदेखि खानेपानी समस्या भोगिरहेका हलालगाउँबासीका घरघरमा धारा आएपछि स्थानीय खुशी भएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको हलालगाउँमा चालू आर्थिक वर्षमा रु. ५ लाखको योजना सञ्चालनसँगै काम सम्पन्न भएपछि घरघरमा धारा पुगेको हो ।
‘लामो समयदेखि खानेपानी समस्या भोगिरहेका थिए । अहिले हामीले घरघरमा पानी पुग्ने गरी धारा जडान गरिदिएपछि स्थानीय निक्कै खुशी छन्’, सोही वडाका वडा सदस्य विद्यापति थापाले भने । उनले बि.सं. २०७२ सालको भूकम्पको समयमा खानेपानीको मूल नै सुक्दा खानेपानी समस्या भएको बताउँदै स्थानीय तहको निर्वाचनकै बेला खानेपानी समस्या समाधान गर्ने आश्वासन पूरा गर्न पाएको बताए ।
अ।थिक वर्ष २०७५।०७६ मा चाँगुनारायण न.पा. वडा नं. ९ को सिफारिशमा बजेट विनियोजन गरेपछि सो स्थानमा रहेको मूलको सदुपयोग गरी ट्यांकी बनाउने, पानीलाई लिफ्टिङ् गर्ने, काम गरिएको हलालगाउँ थापा टोल खानेपानी योजनाका अध्यक्ष बालसुन्दर राउतले बताए । उनका अनुसार सो खानेपानीबाट हलालगाउँको थापा टोल, पराजुली टोल र दलित टोलका स्थानीय ३५ घरधुरी लाभान्वित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *