पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार १६८ पीसीआर र ५ हजार ८६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १ हजार ६३३ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार ३४० सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ८९९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ।

उक्त अवधिमा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ।

हाल १४१६८ जना होम आइसोलेसन र १ हजार १७२ जना संस्थागत आइसोलेसनमा छन्। २३६ जना क्वारेन्टाइन, ३१७ जना आइसीयू र ११३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *