अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा सहित दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु

अर्थ/वाणिज्य समाचार

दैलेख,१८ असार


दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न करिब १७ महिना भन्दा धेरै लाग्ने जनाईएको छ । पञ्चकोशी क्षेत्र नाभिस्थान ,श्रीस्थान, पादुका क्षेत्रमा ‘चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका उच्च अधिकारीहरु सोमबार बिहान पुगेका थिए । सोमबार देखि पेट्रोलियम पदार्थको अन्वेषणका लागि आएको उक्त टोली र नेपाल सरकारको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले अन्वेषणको औपचारिक सुरुवात गरेको छ ।
देशको अर्थतन्त्रमा निकै ठुलो परिर्वतन गर्न सक्ने सम्भावना र अपेक्षाका साथमा अन्वेषणको शुरुवात गरिएको छ । यहाँ अनुसन्धान सँगै सम्भावना बढ्दै गए दैलेखका युवाहरुलाई विशेषज्ञ रोजगारीका लागि सरकारले निःशुल्क पढाउने र अन्वेषणको क्षेत्रमा विज्ञता प्रदान गराउन सरकार लाग्ने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले बताए । हाल अनुसन्धान मात्र हो ,मन्त्री यादवले भने, यहाँको धार्मिक महत्वलाई कायम राख्ने गरी काम अघि बढ्छ । सरकारले यस क्षेत्रलाई धार्मिक सँगै अनुसंन्धानको क्षेत्र बनाएको छ,उनले भने ,हजारौं मानिसहरु यहाँको अनुसन्धान हेर्न आउनेछन् पर्यटन व्यबसायमा वृद्धि हुनेछ । ,यादवले पञ्चकोशी र यहाँ रहेको ग्यासको निकै तारिफ गर्न भ्याय । आर्थिक अवस्था सुधार हुने छ ,अर्कोतर्फ यहाँबाट पेट्रोलियम पदार्थ कुन स्थानमा छ भनेर पत्ता लगाईन समेत उल्लेख गरे । पेट्रोलियम भण्डारणको उत्खनन् गर्ने कार्य जटिल भएकोले अनुसन्धान चीन सरकारले विभिन्न तरिकाबाट गरेको पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताए । देशका सबै स्थानहरुको खोजी गर्ने क्रममा दैलेख पहिलो प्राथमिकतामा परेको छ । हालै भने ‘जिओलोजिकल सर्वे, म्यागनेट सर्वे हुने ’र जमिनको ५ –२० किलोमिटर मुनिसम्म कति परिमाणमा छ भनेर अध्ययन र अन्वेषण हुन्छ पाण्डेले भने ।
“हामीले सुनको माथि खुट्टा टेकेको छौँ ,सम्पती थुप्रै छ ,सम्पतीमाथि कुल्चेर हिँडेका छौँ ”कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने ,यदि हुँदा हुँदै पनि अरु देशसँग दान मागेर देश चलाउँनु पर्ने अबस्था भएको छ । तर ,अव देश बनाउँन जे आफ्नो ठाउँमा छ ,त्यहिको सदुपयोग गर्ने त्यहि चिजबाट आत्मनिर्भर हुनुपर्ने औँल्याए । उनले,यो अन्वेषण मात्र नभई उत्खनन भई कर्णाली बासिको आर्थिक उन्नतिमा सहयोग पुग्ने अपेक्षा गरे । उनले यहाँ अवरोध कसैले पनि खडा गर्न नहुँने बताए ।
यो समयको अनुसन्धानबाट भण्डारणको परिणामबारे निश्कर्ष आउने र सोही अनुरुप कार्य अघि बढाईने तयारी सरकारको छ । अन्वेषणमा चीन सरकारको १९ जना विशेषज्ञ टोलिको टिम लिडरको रुपमा‘टान फुयागं’ रहेका छन् । पेट्रोलियम पदार्थको तीन विधामा खोजि कार्य गरिने र जिओलोजिकल सर्वे गरिने छ । जमिन भित्र कुन स्थानमा भण्डारण छ , उत्खनन् गर्दा के कति समस्या आउन सक्छन् यस्ता विविध बिषयको खोज अनुसन्धान गरिने छ । यहाँ मिथेन ग्यास हो भनेर यस अघिनै प्रमाणीत भैसकेको छ । १७–२० महिनामा यस्को विस्तृत अध्यन गरिने र परिमाण पत्ता लागेपछि चाईना टोलिले प्रतिवेदन नेपाल सरकारलाई दिने छ । १७ महिनामा अनवेषण सकियपछि मात्र उत्खनन् कार्य अघि बढाईने छ ,प्रतिनिधसभा सांसद रविन्द्रराज शर्माले भने ,यस्लाई सबैले सकरात्मक सोचको आधारमा अघि बढाउन प्रेरित गराउँ । यदि ग्यासको उत्खनन भयो भने ,विकास र अर्थतन्त्रमा ठुलो परिर्वतन आउँछ ,शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *