निर्माणधिन लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण

अर्थ/वाणिज्य समाचार

वीरेन्द्रनगर,९ जेठ


उद्योग स्थापना गर्न कर्णाली प्रदेश सरकारलाई जग्गा उपलव्ध गराउन उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले आग्रह गरेका छन् । विहिवार सुर्खेतमा लघु औद्योगिक ग्राम हस्तान्तरण गर्दे मन्त्री यादवले प्रदेश र स्थानीय सरकारले जग्गा उपलब्ध गराउन आग्रह गरे । औद्योगिक विकासका लागी बाह्य लगानी केन्द्रले भित्राउने बताए । लगानी सम्मेलनपछि नेपालमा लगानीको आकर्षण बढेको उनको भनाई थियो । तर त्यसका लागी आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार लाग्नु पर्ने वताए । यसका लागि सरकार पुराना ऐन, कानूनहरु सुधार गर्दै लगानीको उपर्युक्त वातावरण बनाउन लागिरहेको उनले भने ।
मन्त्री यादवले भने नेपालमा ठूला उद्योगको विकास गर्न जग्गाको अभाव रहेको छ औधोगिक विकास विना विकास सम्भव छैन । उनले भने भौतिक पूर्वाधारविना उद्योगको विकास गर्न नसकिने भन्दै मन्त्री यादवले संरचना निर्माण गर्न प्रदेश र स्थानीय सरकारलाई जग्गा खोज्न आग्रह समेत गरे ।
तीन वटै तहका सरकारहरुबीच समन्वय कायम हुन सके मात्र सङ्घीयता सफल हुने बताए छ । े, ‘एकले अर्कालाई फेल गराउने नभई सघाउने गरी तीन वटा सरकार अघि बढ्नुको विकल्प छैन् ।’ मन्त्री यादवले अहिलेको संविधानकै कारण पूर्वराजाले घुम्न पाएको बताए । ‘हामीले राजाका विरुद्ध कुरा गर्दा थुनिन्थ्यौैं, तर अहिले त्यस्तो अवस्था छैन्,’ उनले भने ‘संवैधानिक स्वतन्त्रताको दुरुपयोग हुने गरी कसैले अराजकता मच्चाउँछन् भने त्यो दुर्भाग्य हुनेछ ।’
कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान निर्माण जत्तिकै चुनौती कार्यान्वयनमा रहेको बताए । विभिन्न तर्क देखाएर प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने षडयन्त्र भईरहेको भन्दै उहाँले स्थानीय तह बलियो नभए सङ्घीयता सफल नहुने दाबी गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सरकारले लघु उद्यमको विकासमार्फत उत्पादन र रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता राखेको बताइन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सङ्घीय सरकारले लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण गरेर सङ्घीयता कार्यान्वयनमा एक कदम अघि बढेको वताए ।

कार्यक्रममा मन्त्री यादवले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरण पत्र तथा मन्त्री यादव र कर्णालीका मुख्यमन्त्रीले वीरेन्द्रनगर ७ स्थित घरेलु तथा साना उद्योग विकास समिति परिसरमा निर्माणाधिन औद्योगिक ग्राम हस्तान्तरणसम्बन्धी ताम्रपत्रको संयुक्त रुपमा अनावरण गरेका थिए ।
चार ब्लकमा ६२ कोठा रहेको औद्योगिक ग्राम रु. १५ करोड १६ लाख लागतमा निर्माण भइरहेको छ । लघु औदोगिक ग्रामको ५५ प्रतिशत काम पुरा भएको घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतका निर्देशक शम्भु प्रसाद पौडेलले वताए । लघु उद्यमीलाई व्यवसाय विस्तार गर्नका लागी सजिलोका लागी ग्राम स्थापना गर्न लागिएकोहो उद्योग वाणिज्य तथा आपुर्ताी मन्त्रालयले धनकुटा र सुर्खेतमा लघु औद्योगिक ग्राम निर्माण गरिरहेको जनाएको छ ।

१ हस्तानतरणको पत्र कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्सिह वुढालाई प्रदान गर्दे मन्त्री यादव
२ औद्योगिक ग्राम हस्तान्तरणसम्बन्धी ताम्रपत्रको संयुक्त रुपमा अनावरण गर्दे कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र वहादुर शाही र संघिय सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका यादव । तस्वीर विनोद लम्साल ।आर्थिक अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *