न्यूज अपडेट
काठमाडाैं, १७ कात्तिक

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ।
योसँगै नेपालमा एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७८ दशमलव २ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १४ लाख ६९ हजार ८ सय १२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार १ सय १९ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३७ हजार ५ सय २४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।