गरुडकुण्डमा फिजिकल फिट्नेश सामग्रीको उद्घाटन

खेलकूद विशेष समाचार समाचार

भक्तपुर, १६ चैत्र


भक्तपुर नगर पालिकाको प्राविधिक सहयोगमा वडा नं. ९ गरुडकुण्डस्थित एक कार्यक्रमका साथ फिजिकल फिट्नेश (शारीरिक व्यायाम) सामग्री उद्घाटन गरेको छ । भक्तपुर नगर पालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै नियमित रुपमा व्यायाम गरी स्वस्थ रहन जोड दिए ।
उनले शिक्षा, स्वास्थ्य, खेलकूद र कला संस्कृतिलाई नमूनाका रुपमा अगाडि बढाउन सबैको सहयोगको आवश्यकता औंल्याएका छन् । स्वास्थ्यका लागि शारीरिक व्यायाम नाराका साथ ९ वडा खेलकूद समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कुनै पनि नगरपालिका र जिल्लामा यस्तो खेलकूद सामग्री नभएको हरेक क्षेत्रमा भक्तपुुरका जनता उदाहरणीय बन्नुपर्ने बताए । प्रमुख प्रजपातिले विरामीका लागि सम्पूर्ण उपचारविधि भक्तपुरमै ल्याएको स्पष्ट पारे ।

४ वडा अध्यक्ष एवं युवा तथा खेलकूद समितिका सदस्य कुमार चवालले शारीरिक व्यायाम मात्रै सबथोक नभएको, खानपिनमा पनि विशेष ध्यान दिनुपर्ने बताउँदै उनले भक्तपुर नगरपालिकाले गरेका खेलकूद गतिविधिबारे जानकारी दिए । ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले शारीरिक व्यायामले हाम्रो शरीरलाई मजबूद पार्ने बताउँदै शिक्षा स्वास्थ्यलगायतका अन्य क्षेत्रमा पनि भक्तपुर अगाडि बढेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई अझ व्यवस्थित गर्न नगरपालिकाले १५ गते शुक्रबारदेखि जनस्वास्थ्यभवन च्याम्हासिंहबाट तिलगंगाको प्राविधिक सहयोगमा मोतिविन्दुको उपचार शुरु गरेको बताए । पहिलो परीक्षणको दिन शुक्रवार ५७ जना र दोश्रो दिन आज शनिवार ८० जनाको निःशुल्क मोतिविन्दुको अप्रेशन गर्ने तालिका रहेको उनको भनाइ छ । ९ वडाका १०५ वर्षे ज्येष्ठ नागरिक भिमथकु प्रजापतिलाई प्रमुख अतिथिबाट दोसल्ला ओढाइ सम्मान गरेको उक्त कार्यक्रममा वडाको सांस्कृतिक क्षेत्रका हस्तिहरु भिमप्रसाद प्रजापति र सुरेन्द्रप्रसाद प्रजापतिलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।


९ वडा खेलकूद समितिका अध्यक्ष राजेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा उपाध्यक्ष बाबुकाजी मानन्धर, दिपेन्द्र प्रजापति, श्रृजना प्रजापतिलगायतले आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *