भक्तपुर १५ फागुन
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेँ ९रोहित०ले तारा मा।वि।को ३९ औं वार्षिकोत्सवको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष विजुक्छेंले समाजका खराब तत्वहरु तस्कर, फटाहा, लोभी, प्रतिक्रियावादी र व्यक्तिगत स्वार्थ भएका मानिसहरुले इमान्दार र सच्चा नागरिकहरुलाई राजनीति नगर्न उपदेश दिंदै हिड्ने भएकोले शिक्षित युवा, शिक्षक र बुद्धिजीवीहरु यसप्रति सचेत हुनुपर्ने बताए । उनले सच्चा र इमान्दार नागरिकले राजनीति नगरे फटाहा, गुण्डा र तस्करहरुको हातमा राजनीति जाने र यसले देश र जनतालाई ठूलो नोक्सानी हुने भएकोले सबै सचेत हुनुपर्ने बताउँदै विगतमा यस्तै खराब व्यक्तिहरुले भक्तपुरका सच्चा र इमान्दार किसानका छोराछोरीहरुलाई राजनीतिबाट टाढा राख्न खोजेको स्मरण गरे ।
कार्यक्रममा प्रदेश ३ का सभासद् सृजना सैंजुले शिक्षा युग परिवर्तनको बलियो हतियार भएको बताउँदै ३९ वर्षदेखि अथक रुपमा समाजलाई शिक्षित बनाउन योगदान पु¥याउँदै आएका शिक्षक, शिक्षिका र व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरे । उनले ४ दशक अगाडि नै नेपाल मजदुर किसान पार्टीका अग्रजहरुले शिक्षाको महत्वलाई बुझि शैक्षिक अभियान सञ्चालन गर्दै आएको बताउँदै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रुपमा विकास गर्न नेमकिपाको विशेष योगदान रहेको र यसमा तारा माविको पनि भूमिका रहेको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाले समाजलाई बुद्धिजीवीकरण गर्न विभिन्न कलेजहरु सञ्चालन गरिरहेको, सम्पदा र संस्कृति संरक्षण गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरिरहेको र सरसफाई तथा स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिई ख्वप अस्पताल निर्माण शुरु गरेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धब सुजखु, शिक्षा अधिकृत मेघनाथ रिमाल, तारा माविका संस्थापक प्रधानाध्यापक पुष्पलाल सुजखु, संपस अध्यक्ष अम्बिका न्याइच्याई लगायतले पनि आ–आफ्नो भनाई राखेको थियो ।