पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका ५ कार्यकर्ता पक्राउ

राजनीति विशेष समाचार समाचार

कास्की, १९ माघ


पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जना नेपाल विद्यार्थी संघका कार्यकर्तालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामले लेकसाइडस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेल, नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेललाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएका विद्यार्थीको साथबाट बा ५६ प ३४८६ नं.को मोटरसाइकल, ग १४ प १७२९ र ग ८ प १६८९ नं को स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनीहरूमाथि अनुसन्धान चलिरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
शनिवार पोखराको मासबारमा सरकारी गाडीमा आगजनी गरिएको घटनाको नेविसंघले जिम्मेवारी लिएको छ । नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएको जनाएका छन् ।
विदाको दिन सरकारी गाडी चलाउन नदिने केन्द्रीय कार्यक्रम भएकोमा शनिवारको दिन पनि सरकारी गाडी गुडिरहेको देखेपछि नेविसंघले गाडी जलाएको उनले दावी गरेका छन् ।


पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा विद्यार्थीहरूले पेट्रोल छर्केर आगजनी गरेका थिए ।
आगजनीमा संलग्न ५ विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

महानगरद्वारा आगजनीको भत्र्सना

पोखरा महानगरपालिकाले कार्यालयको पूर्वनिर्धारित काममा प्रयोग भइरहेको निसान पिकअप भ्यानमा शनिवार मासबारमा एक आपराधिक जत्थाले आगजनी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले शनिवार जारी गरेको विज्ञप्तिमा सरकारी कामको सिलसिलामा गुडिरहेको सवारीसाधनलाई रोकेर चालकलाई बलपूर्वक बाहिर निकाली सरकारी सम्पत्तिमा क्षति पु¥याएकोप्रति घोर भत्र्सना गरिएको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र उद्देश्य बमोजिम महानगरबासीलाई भरपर्दो सेवा सुविधा उपलब्ध गराउने कार्यमा महानगरपालिका निरन्तर लागिरहेकै छ,’ विज्ञप्तिमा भनिएको छ ।, ‘पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखामा रिक्त रहेका विभिन्न पदहरूमा करारमा कर्मचारी नियुक्ति गर्न शनिवार तय गरिएको लिखित परीक्षा सञ्चालन गर्न शिक्षा महाशाखा प्रमुखलाई केन्द्राध्यक्ष तोकिएको र उनलाई लिन जाने क्रममा उक्त सवारीलार्ई आगजनी गरी पूर्णक्षति गराइएको आम नागरिकलाई जानकारी गराउँदछौं ।’

उक्त सवारीसाधन महानगरपालिकाकै काममा प्रयोग भएको पनि विज्ञप्तिमार्फत महानगरपालिकाले स्पस्ट पारेको छ । ‘लोकतन्त्रमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र विरोध जनाउन पाइने अधिकार सुरक्षित हुँदाहँुदै यस प्रकारका आपराधिक र गैरकानुनी कार्य संविधान र प्रचलित कानुन विपरीत भई दण्डनीय हुने ठहर्छ,’ प्रवक्ता नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘यो घटनाको तत्काल अनुसन्धान गरी संलग्न अपराधीलाई कानुन बमोजिम कारबाही गर्न पोखरा महानगरपालिका सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *