कम्बोडियाका प्रधानमन्त्री नेपालमा

समाचार

काठमाडौँ, १३ मङ्सिर


एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुगेको छ ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।
आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *