भक्तपुर, १ मंसिर
भक्तपुरको रानीपोखरी आज सरसफाई गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित रानीपोखरी सरसफाई गरिएको हो । भक्तपुर नगरपालिकाले प्रत्येक शनिबार कुनै न कुनै एक ऐतिहासिक स्थलको सरसफाई गर्दै आएको छ ।
यसै क्रममा आज रानीपोखरीको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रमपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर नगरपालिका वडा नं १ वडा अध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्व लगायतले बोलेका थिए ।
नगरपालिकाकाले नगरपालिकाका पदाधिकारी, कर्मचारी तथा स्थानीय टिम, क्लब, वाचनालय, स्कुल, कलेजलगायतका सामाजिक क्षेत्रका व्यक्तिहरुसगको सहकार्यमा प्रत्येक शनिबार सरसफाई गर्दै आएको छ ।