आज राति सिंह उल्का वर्षा

विज्ञान/प्रविधि विशेष समाचार समाचार

काठमाडौँ, १ मङ्सिर

आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उनको भनाइ छ ।

आज ११ः४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का वर्षा हुनु नियमित प्रक्रिया भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *