माटो र काठपछि कङ्क्रिटका मूर्ति

विशेष समाचार समाचार

घोराही, २७ कात्तिक

कल्लु नेपालीका दाङलगायत आसपासका रुकुम, रोल्पा, प्यूठान र सल्यानका अधिकांश मन्दिरमा बनाएका मूर्ति छन् । उ आफै पनि शिवका भक्त थिए । सोही कारण उनले शिवका थरिथरिका मूर्ति बनाउँदै आएको छ ।

दाङ, घोराही उपमहानगरपालिका–१४ बसपार्क निवासी कल्लु नेपाली हिन्दू धर्मसँग सम्बन्धित सबै प्रकारका भगवान्का मूर्ति बनाउन सिपालु थिए। उनले दुर्गा, काली, सरस्वती, वनदेवी, विष्णु, गणेश र बुद्धका मूर्ति पनि बनाउँदै आएको छ । त्यस्तै जीवजनावर र मान्छेका मूर्ति बनाउन पनि उनी खप्पिस भइसकेको छ । कहिले पनि विद्यालयको ढोका नटेकेका नेपाली अक्षर चिन्नदैन । उनले देवीदेवताका मूर्ति ४० वर्षदेखि बनाउँदै आएको छ । उ आफै हिसाब लगाउछ, “अहिलेसम्म चार हजारभन्दा बढी मूर्ति बनाइसकेँ हुँला ।”

उनलाई मूर्ति बनाउन धेरै मेहनत खर्चिनुपर्छ । एउटा मूर्ति बनाउन कम्तीमा रु तीन हजार बढी रकम खर्च हुन्छ तर आम्दानी भने उति धेरै हुँदैन । उनी सुनाउछ, “एउटा मूर्तिलाई रु पाँच हजारदेखि रु १५ हजारसम्म भन्ने गरेको छु । त्यही पनि मूर्ति किन्न आउने धेरै मोलमोलाइ गर्छन् । मूर्तिलाई भनेअनुसारको मूल्य दिँदैनन् ।”

नेपालीले मूर्ति बनाएर आएको रकमबाटै घरव्यवहार चलाउने गरेको छ । सानैदेखि मूर्ति बनाउँदै आएका नेपाली अहिले ६१ वर्ष पुग्यो अर्थात् विसं २०१४ मा भारतको कानपुरमा उनको जन्म भएको थियो । उनी कानपुरबाट २०१८ सालमा घर फर्किए । घर फर्किएपछि उनले बुबासँगै घोराहीमा घर बनाउनेदेखि मूर्ति बनाउनेलगायत विभिन्न काम गर्न थाले । उनको पुरानो घर घोराही– १३ सेवारमा थियो । बाल्यकाल भारतमा बिते पनि पछि उनले बुबासँगै पुरानो घर सेवार फर्केर मूर्ति बनाउने कला सिके ।

“घोराहीको मुख्य केन्द्रमा रहेको बालमन्दिर स्कूल हामी बाबु छोराले बनाएका हौँ”, उ सम्झन्छ । “स्कूल बनाउँदा मैले बुबालाई गाह्रो लगाउन सहयोग गरेको थिएँ ।” त्यो समयमा गरिएको त्यो ठूलो काम भएकाले नेपालीका लागि त्यो काम अहिले पनि सम्झना र गर्वका रुपमा रहेको छ ।
घर बनाउन सक्ने भए पनि नेपालीले आफ्नो मुख्य पेशा मूर्र्तिकलालाई बनाएको छ । नेपालीले एक वर्षका अवधिमा चार पाँच सय मूर्ति बनाएर बिक्री गर्ने गरेको छ । त्यही मूर्ति बेचबिखन गरेरै घर चलाउने गरिएको उनी बताउछ। उनले भने, “ मैले बनाएका मूर्ति दाङसँगै विदेशसमेत पुगेका छन् ।”

नेपालीका अनुसार उनले बनाएका मूर्तिमध्ये घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मुख्य मन्दिरमा बनाइएको बराहको मूर्ति, मसिनामा रहेको गणेश मन्दिरको गणेश मूर्ति, घोराहीको लखन थापा उद्यानको शहीद लखन थापाको तथा मालपोत र नापी कार्यालयका मूर्ति प्रसिद्ध छन् ।
पछिल्लो समय उनले मूर्ति बनाएर बेच्नेभन्दा पनि मागअनुसार मूर्ति बनाउने गरेको सुनाउँछ। “पछिल्लो समय मूर्ति किन्ने मानिसको सङ्ख्या घट्दै गएको छ, मन्दिरमा राख्नका लागि मात्र किन्न आउने गरेका छन्”, उनले भने, “त्यसैले पछिल्लो समय कमै मूर्ति बनाउने गर्दै आएको छु ।” उनका अनुसार चाडपर्वका समयमा धेरै मूर्ति बनाउने आदेश आउने गरे पनि अन्य समयमा खासै बिक्री हुँदैन । शुरुका दिनमा माटो र काठबाट विभिन्न देवीदेवताको मूर्ति बनाउने गरेका नेपालीले पछिल्लो समय कङ्क्रिटबाट मूर्ति बनाउने गरेको छ । माटो र काठबाट बनेको भन्दा बढी कङ्क्रिटबाट बनेका मूर्ति टिकाउ हुने र बिक्री हुने भएकाले केही वर्षदेखि माटो र काठबाट मूर्ति बनाउने काम छाडेको उनको भनाइ छ ।

कङ्क्रिटका मूर्ति बनाउन उ सिमेन्ट, बालुवा, गिट्टी, छडलगायत सामग्रीको प्रयोग गर्छ । उनका अनुसार पछिल्लो समय घोराहीमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तको मूर्तिसमेत बनाउन आदेश दिएका छन् । आफ्नो पुर्ख्यौली पेशाका रुपमा रहेको मूर्ति बनाउने पेशाले अहिले आफूलाई जिउन सहयोग पुर्याएको नेपालीको भनाइ छ । उ एक्लैले मूर्ति बनाउछ । ॐ मूर्तिकला केन्द्रका प्रोपाइटर उनलेआफ्नो मूर्ति बनाउने पेशा आर्थिक आम्दानीसँगै आफ्नो धर्म संरक्षणका लागि सानो प्रयास भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *