वागीश्वरीमा नतिजा विश्लेषण

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ फागुन


वागीश्वरी मा.वि. च्याम्हासिंहस्थित कक्षा ११÷१२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले राम्रो नतिजाका लागि शिक्षकहरु अलि बढी सक्रिय हुनुपर्ने बताए । नियमित रुपमा गरिएका यस्तो कार्यक्रमले विद्यार्थीहरुको नतिजामा गुणस्तरीय परिवर्तन आउने बताए ।

बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले राम्रो नतिजा ल्याउन शिक्षकहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने बताए । साथै उनले नतिजा विश्लेषण अब नयाँ ढंंगबाट प्रस्तुत गर्नुपर्ने बताए ।
विज्ञान, व्यवस्थापन र मानविकी संकायको विभिन्न विषयमा विषय शिक्षकहरुबाट नतिजा विश्लेषण गरिएको उक्त कार्यक्रममा ग्याहेन्द्र प्रसाद दाहाल, सहायक प्रधानाध्यापकद्वय कृष्ण प्रसाद कर्माचार्य, उकेश सुवाल लगायतका शिक्षकहरुले नतिजा विश्लेषणमा भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *