सर्वसाधारणले आजदेखि श्रीपेच हेर्न पाउने

विशेष समाचार समाचार

तस्वीरहरुसहित
काठमाडौं, २९ असोज

गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्।

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याइएको हो।

संस्कृति मन्त्रालयले आज नारायणहिटी दरबार सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजमुकुटको सार्वजनिक गरेका हुन्।

२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनासँगै राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेपछि श्रीपेच दरबारभित्रकै सालोन रूपमा राखिएको थियो।

राजदरबारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६५ फागुन १५ गते नारायणहिटी दरबार सङ्ग्रहालयको रूपमा उद्घाटन गरेका थिए । तर, श्रीपेच राख्ने प्रदर्शनी कक्ष र सोकेस नभएको बताउँदै प्रदर्शनीमा राखेको थिएन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *