प्रज्ञा –प्रतिष्ठानमा पुनः उप्रेती

कला/साहित्य विशेष समाचार समाचार

काठमाडौँ, २१ असोज


नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएको छ ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज आइतवार नियुक्त गरेको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति भएको थियो भने त्यसअघिको कार्यकालमा उपकुलपति भइसकेको थियो ।

प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उनीहरुको नियुक्ति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुको आजै शपथग्रहण हुने जानकारी दिए । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया शुरु भएको बताए । अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *