मजदुरबीच ‘मजदुर–किसान’ को अन्तरक्रिया

विशेष समाचार समाचार

न्यूज अपडेट भक्तपुर
भक्तपुर, १८ असोज

नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ पूर्णाड्ढ २१ बारे अन्तरक्रिया बुधबार भएको छ ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० ले कम्युनिष्टहरूले आफ्नोबारे होइन देश, समाज र तल्लो वर्गका जनताबारे चिन्ता लिने बताए ।
साधारण जनता र शोषकहरूको भावनामा धेरै फरक हुने प्रस्ट पार्दै उनले पूँजीवादी सरकारले पूँजीपतिहरुको हितमा मात्र काम गर्ने उल्लेख गरे।
अरूको दुःखमा साथ दिने संस्कार विकास गरेमात्र हाम्रो दुःखमा पनि अरूले साथ दिने चर्चा गर्दै उनले भने, ‘‘जनताको सेवा गर्ने मान्छेहरूले व्यक्तिगत रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ, हामी जे गर्छौ देश र जनताको हितको निम्ति गर्छौ ।’’
‘गैरआवासीय नेपालीहरूलाई नागरिकता दिनुको नियत उनीहरूको पुँजीमा कर नलाग्ने प्रपञ्चमात्रै हो । भक्तपुरका केही सरकारी अस्पतालहरूले निजी स्वास्थ्य व्यवसायीहरूलाई प्रोत्साहन दिइरहेका छन् । अस्पतालमा प्रयोग नगरिकन राखिएका करोडौं मूल्य पर्ने स्वास्थ्य उपकरणहरू जनताको सेवाको निम्ति उपयोगमा ल्याउनुपर्छ’’ अध्यक्ष रोहितले भने ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिका अध्यक्ष
राजेन्द्र चवालले मजदुरहरू वैचारिक रूपमा सशक्त भएमात्रै मजदुर सङ्गठन र आन्दोलन अगाडि बढ्न सक्ने बताए। कार्यक्रममा राजवीर डंगोल, उपेन्द्र सुवाल, विष्णुराम दुमरू, ज्ञानेन्द्र महर्जन, सुमित्रा शिल्पकार, विक्रम ढुकुछु, धर्मसेन महर्जन, इन्द्रलक्ष्मी त्वायना, रमेश दुमरू, सुस्मिता न्यौपाने र सूर्यनारायण फाँजुले पत्रिकामा प्रकाशित लेखबारे आफ्नो बुझाइ प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *