नवर्निर्माण प्राधिकरण स्थापनाको चार वर्ष पूरा, पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं,  १० पुस

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य स‌ंस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा औषतमा ८३ प्रतिशत प्रगति भएको बताएको छ । स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको हो ।

भूकम्पबाट तहसनहस भएका संरचनालाई अहिले सुरक्षित र आकर्षक रुपमा पुनर्निर्माण सम्पन्न भएका र हुँदै गरेका संरचनाले प्रतिस्थापन गर्दै गरेको प्राधिकरणको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *