वागीश्वरीको हीरक वर्षको उपलक्ष्यमा खुला रक्तदान

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, १३ असोज


वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्षको अवसरमा शुक्रवार च्याम्हासिंहमा खुला रक्तदान कार्यक्रम गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वलगायत एक सय त्रिपन्न जना सहभागी रहेकोमा जम्मा एक सय तीस जना रक्तदाताहरुले रक्तदान गरेको विद्यालय प्रशासनले जानकरी दिएको छ ।
रक्तदाताहरुमध्ये यसपटकसम्ममा सबैभन्दा बढी ६९ औं पटक रक्तदान गर्ने सुकुलढोका निवासी दिपकराम वैद्य पनि सहभागी भएका थिए ।
रक्तदान कार्यक्रममा विद्यालय तथा कलेजका शिक्षक, शिक्षिका, अभिभावक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकलगायत सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *