भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपमा रुपेश जैसवाल प्रथम

अर्थ/वाणिज्य खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ कात्तिक


भक्तपुर वचत तथा ऋण सहकारी संस्था लि. द्वारा कार्तिक १७ र १८ गते दुई दिनमा सम्पन्न भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल सतप्रतिशत नतिजाका साथ प्रथम हुन सफल भएका छन् ।
शनिवार सम्पन्न पाँचौदेखि नवौँ चरणको खेलबाट क्रमशः दोस्रो स्थानमा बद्रीलाल नेपाली, तेस्रो स्थानमा आशिष पुmँयाल, चौथो स्थानमा सुरोज महर्जन, पाँचौ स्थानमा क्षितिज भण्डारी, छैटौँ स्थानमा सुशिल चौधरी, सातौँ स्थानमा सुश्रुत दाहाल, आठौँ स्थानमा पुरुषोत्तम सिलवाल, नवौँ स्थानमा राजेश कक्षपति र दशौँ स्थानमा केशव श्रेष्ठ रहन सफल भए ।
त्यस्तै ५५ वर्षभन्दा माथिको विधामा जगन्नाथ ताम्राकार प्रथम र डि.एस. तुलाधर दोस्रो स्थानमा रहेका छन् ।

१२ वर्षमुनिको विधामा प्रथम अग्रिम सैंजू, दोस्रो एन्जल महर्जन, तेस्रो उज्जीवनी कँडेल भएका छन् ।
१६ वर्षमुनिको विधामा प्रथम स्वर्णिम दुवाल, दोस्रो कुशल बेलबासे, तेस्रो सुदिन तुईँतुईँ भएका छन् ।
महिलातर्पmको विधामा प्रथम पुनम प्रसाईं र दोस्रो सिन्दिरा जोशी रहेका छन् ।

१४०० रेटिङमुनि विधामा शुभम न्यौपाने उत्कृष्ट भए भने १६०० रेटिङमुनि विधामा सानुभाई महर्जन उत्कृष्ट भएको छ । १८०० रेटिङमुनि विधामा शैलेन्द्र कुमार न्यौपाने उत्कृष्ट भए । अनरेटेडतर्फ शुभम श्रेष्ठ उत्कृष्ट भएको छ । भक्तपुरका उत्कृष्ट खेलाडीहरुमा प्रथम योगेश श्रेष्ठ र दोस्रो विकास कुलुजू भएका छन् ।

विजेताहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ट्रफी, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

च्याम्पियनशीपमा प्रथम हुनेलाई नगद पुरस्कार रु.२५,०००, दोस्रो हुनेलाई रु. १५,०००, तेस्रो हुनेलाई रु. १०,०००, चौथोलाई रु. ७०००, पाँचौलाई रु. ५००० र छैटौँदेखि दशौँलाई समान रु.४००० प्रदान गरे। त्यस्तै १२ वर्षमुनिका खेलाडीमध्ये प्रथम हुनेलाई नगद पुरस्कार रु. ३०००, दोस्रो हुनेलाई रु. २०००, तेस्रो हुनेलाई रु. १५०० प्रदान गरेकाे छ । १६ वर्षमुनिका खेलाडीमध्ये प्रथम हुनेलाई नगद पुरस्कार रु. ३०००, दोस्रो हुनेलाई रु. २०००, तेस्रो हुनेलाई रु. १५०० प्रदान गरियो । महिला खेलाडीमध्ये प्रथम हुनेलाई नगद पुरस्कार रु. ३००० र दोस्रो हुनेलाई रु. २००० प्रदान गरियो । ५५ वर्षमाथिका खेलाडीमध्ये प्रथम हुनेलाई नगद पुरस्कार रु. ३००० र दोस्रो हुनेलाई रु. २००० प्रदान गरियो । १४०० रेटिङमुनि, १६०० रेटिङमुनि र १८०० रेटिङमुनिका खेलाडीमध्ये उत्कृष्ट खेलाडीहरुलाई समान रु.३००० नगद पुरस्कार प्रदान गरियो । अनरेटेडतर्फ उत्कृष्ट खेलाडीलाई रु. ३००० प्रदान गरियो । भक्तपुर जिल्लाका उत्कृष्ट खेलाडीहरुमध्ये प्रथमलाई रु. ३००० र दोस्रोलाई रु. २००० प्रदान गरियो ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले बुद्धिचाल खेल र राजनीतिक खेल मिल्दोजुल्दो हुने भएकाले खेलाडीहरुले गरेको उत्कृष्ठ प्रदर्शनको कदर गरे । साथै नगरपालिकाले पनि खेलकुद गतिविधिहरु निरन्तर गरिरहेको बताए ।

प्रमुख अथिति, अथिति र सहयोगी संघ संस्था र निर्णायकहरुलाई मायाको चिनो प्रदान गर्दै भक्तपुर साकोसका अध्यक्ष निर्मल प्रजापतिले खेलाडीहरुको साथ सहयोग र समर्पणले सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न गर्न सकेको बताए ।

त्यस्तै अन्तरराष्ट्रिय आर्विटर निराजन प्रजापतिले दुई दिने उक्त कार्यक्रमका विजेता घोषणा गरे । संस्थाका सचिव जगनाथ प्रजापतिले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं खेलकुद उपसमितिका संयोजक राजेश प्रजापतिले स्वागत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *