साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने, माल्दिभ्स टसमा भाग्यमानी सावित

खेलकूद विशेष समाचार समाचार

काठमाडौँ २४ भाद्र

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ।

समूह बी अन्तर्गत आइतवार भएको खेलमा भारतले माल्दिभ्सलाई २-० ले पराजित गरेको थियो। जितपछि भारत समूह विजेता बन्यो। तर त्यही समूहमा रहेका अन्य दुई टोली माल्दिभ्स र श्रीलंकाको अंक, गोल अन्तर, हेड टु हेड सबै समान रह्यो।

पहिलो खेलमा श्रीलंका पनि भारतसँग २-० ले नै हारेको थियो। यस्तोमा सेमिफाइनल पुग्ने अर्को टोली छुट्टाउनका लागि आयोजकले टसको निर्णय गर्‍यो। समूहमा खेल जित्न नसकेपनि माल्दिभ्सले श्रीलंका विरुद्ध टस जित्यो र भाग्यमानी सावित बन्दै अन्तिम चारमा स्थान बनायो।
यता नेपाल समूह ए मा २ जित र एक हारको नतिजासहित गोलअन्तरमा अगाडी रहेर समूह विजेताको हैसियतमा सेमिफाइनल पुगेको हो।

नेपाल  र माल्दिभ्स बीचको पहिलो सेमिफाइनल खेल बुधबार नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ।  समूह बी को विजेताले समूह ए को उपविजेता पाकिस्तानसँग बुधवारै बेलुका ६:४५ बजे खेल्नेछ।

साफ च्याम्पियनसिप २०१८ : सेमिफाइनल
नेपाल भर्सेस माल्दिभ्स  : दिउँसो ३:४५ बजे, बुधवार
भारत भर्सेस पाकिस्तान  : बेलुका ६:४५ बजे, बुधवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *