भक्तपुरमा गथांमुग पर्व धुमधामका साथ मनाइयो

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

भक्तपुर २४ साउन । भक्तपुरमा आज बिशेष गतिबिधि सञ्चालन गरी घण्टाकर्ण पर्व (गठेमंगल पर्व) धुमधामका साथ मनाएको छ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज भक्तपुरका गल्ली गल्लीमा बडो उत्साहका साथ मनाउने गरिन्छ । घण्टाकर्ण पर्वलाई उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने परम्परा रहेको छ ।

परापूर्व कालमा दोबाटो चौवाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित पैसा उठाई दुख दिने घण्टाकर्ण गठामङगल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ ।

मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याएका थिए ।

राति राँको बालेर भूत भगाउने र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइएको थियो । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाएका थिए । यसरी आज परम्परादेखिी नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *