सानो तर गहकिलो पुस्तिका–माक्र्सको पुनरागमन

कला/साहित्य विशेष समाचार

– ईश्वर शाही

‘माक्र्सको पुनरागमन’ पुस्तिकाका लेखक भारतका माक्र्सवादी चिन्तक रणधीर सिंह राजनीतिशास्त्रका शिक्षक हुन् । उनले भारतको स्वतन्त्रता आन्दोलनमा पनि भाग लिएका थिए । यो पुस्तिकामा सिंहले पुँजीवादी व्यवस्थाको चरित्र कस्तो हुन्छ भन्नेबारेमा सरल भाषमा प्रष्ट पारेका छन् । पुस्तिका सानो छ, मात्र १४ पृष्ठको  । तर त्यसभित्रको जानकारी भर्खरका माक्र्सवादी साहित्य पढ्न थालेका पाठकका लागि निकै उपयोगी छ ।
हिन्दी भाषामा लेखिएको पुस्तक पढ्दा र हिन्दी फिल्म हेर्दा फरकै अनुभव हुने गर्दछ । हिन्दी फिल्म बुझ्न सजिलो तर किताब पढ्दा शब्द बुझ्न गा¥हो हुन्छ । अझ त्यसमाथि हिन्दीमा साहित्यिक तरिकाले लेखिएका शब्दहरू बुझ्न झन् गा¥हो ।
‘माक्र्सको पुनरागमन’ पुस्तिकाको प्रारम्भमै पुँजीपति वर्गको चरित्र तथा नियतबारे चर्चा गरिएको छ । रणजीत सिंह भन्छन्, पुँजीपति वर्गले आफ्नो हितमा यदि कुनै गणितको सूत्रले काम गर्दैन भने रेखा गणितका सबै किताबहरू जलाएर पनि आफ्नो त्यो सूत्रलाई दबाई दिन्छ । तर त्यो वर्गले तबसम्म यो सूत्रलाई दबाई रहन्छ, जबसम्म सत्यको खोजी गर्ने सरोकारवालाहरू सत्यको उद्वार गर्न सक्षम हुँदैनन् ।
लेखकले पुस्तिकामा पुँजीवादी व्यवस्थाले दिएको पीडा र त्यो पीडाबाट मुक्ति माक्र्सद्वारा प्रतिपादित माक्र्सवादी दृष्टिकोणको आधारमा स्थापना हुने न्यायपूर्ण समाज समाजवादी व्यवस्था हुँदै साम्यवादी व्यवस्थामा मात्र सम्भव छ भन्ने कुरा प्रस्तुत गरेका छन् ।
पुँजीवादले आफ्नो आयु बढाउन अनेकन तिकडमहरू अपनाउने गर्छ । नवउदारवाद, भूमण्डलीकरणको भरपुर प्रयोग गर्छ । लेखक अगाडि भन्छन्, अहिले विश्व बजारको प्रतिस्पर्धी मैदानमा पुँजीपति वर्गले अर्थशास्त्री किन्सको राज्यले हस्तक्षेप गर्ने अर्थ व्यवस्थालाई समेत त्यागेको छ ।

संसारमा माक्र्सवाद जान्ने धेरै विद्वान जन्मे र माक्र्स तथा एंगेल्सका कृतिबारे धेरै चर्चा भइरहेको पनि छ । तर केही ‘विद्वान्’ हरूले माक्र्स र एंगेल्सका विचारलाई अध्ययनमै सीमित राखेका छन् । उनीहरू आफूलाई माक्र्सवादी भनी टोपल्छन् ।

अहिले संसारमा माक्र्सवादको सर्वाधिक चर्चा बढ्दै जाँदा र माक्र्सवादी दृष्टिकोणकै अनुसार संसार अगाडि बढिरहँदा पनि केही बुद्धिजीवीहरू माक्र्सवादलाई अप्रासङ्गिक भनेर घोषणा गरिरहेका छन् । यो आजको समयको बिडम्बना हो ।
सन् १८३५ तिर माक्र्सको एउटा लेख ‘पेसा चुन्नेबारे एक युवाको विचार’ बारे चर्चा गर्दै लेखक लेख्छन्, माक्र्सले एउटा यस्तो जीवन चुने जो हाम्रो अनुकुल छ, जुन कुरामा आधारित छ जसमा हाम्रो विश्वास छ, जहाँ हामीलाई मानवताको लागि सेवा गर्न धेरै अवसर मिल्छ । सो लेखको एउटा अंशमा लेखिएको छ , ‘यदि कोही व्यक्ति आफ्नो लागि मात्र काम गर्न खोज्छ भने ऊ एउटा चर्चित विद्वान्, महान सन्त, सर्वश्रेष्ठ लेखक बन्न सक्छ तर साँचो मानेमा पूर्णता प्राप्त महान व्यक्ति कहिले हुन सक्दैन ।’
पुस्तिका माक्र्सका विचारको व्याख्यामा केन्द्रित छ । ‘माक्र्सले हर समस्याको सदाका लागि समाधान पत्ता लगाए र यसमा पूर्ण सत्य छ’, लेखक लेख्छन् ।
संसारमा माक्र्सवाद जान्ने धेरै विद्वान जन्मे र माक्र्स तथा एंगेल्सका कृतिबारे धेरै चर्चा भइरहेको पनि छ । तर केही ‘विद्वान्’ हरूले माक्र्स र एंगेल्सका विचारलाई अध्ययनमै सीमित राखेका छन् । उनीहरू आफूलाई माक्र्सवादी भनी टोपल्छन् । यसबारे एंगेल्सले आफ्ना समर्थकहरूलाई भनेका कुरालाई आधार बनाएर लेखकले लेखेका छन्, ‘माक्र्स र एंगेल्सका कृतिलाई पवित्र ग्रन्थ जस्तै भनाइहरूलाई मात्र चुन्ने काम नगरौं बरु त्यसरी नै सोचौं जसरी माक्र्सले आफ्नो तरिकाले सोचेका थिए ।’
पुस्तिकामा लेखकले इतिहासमा मानव जीवनमा भएका र हुँदै आएका विभिन्न किसिमका नकारात्मक पक्ष र शोषणबारे चर्चा गरेका छन् । पुँजीवादले मान्छेलाई लालची समाजमा हुने भयानक आन्तरिक रोगबाट ग्रस्त गराउँछ । त्यसैले माक्र्सको कुरा जोड्दै लेखक भन्छन् ‘ पुँजीवादले सबै शारीरिक र मानसिक संवेदनाको ठाउँमा मानिसमा विरक्ति र निजी स्वामित्वको भावनालाई बढाइदिने गर्दछ ।’
पुँजीवादमा बहुमत जनताको विभिन्न तरिकाबाट शोषण हुने गर्दछ र बहुमत कामदार जनताको लागि समाज ‘नरक’ बन्दछ । त्यसैले पुँजीवादमा हुने हरेक नकारात्मक पक्षका समाधान पाउने विकल्प समाजवादी समाज हुँदै साम्यवादी समाजमा मात्र सम्भव हुने कुरालाई लेखकले माक्र्स र एंगेल्सका विचारमार्फत् प्रस्तुत गरेका छन् ।
लेखक माक्र्सवादका गहन अध्येता भएको कुरा पुस्तिकामा प्रस्तुत गरिएका माक्र्सका विभिन्न विचारको विश्लेषणबाट थाहा हुन्छ । उनी जनतामाझ पुँजीवादी व्यवस्थालाई नङ्गाएर समाजवादी व्यवस्था हुँदै साम्यवादी व्यवस्था निर्माण गर्ने कुरालाई महत्व दिन्छन् । उनी कम्युनिष्ट घोषणा पत्रमा लेखिएको ‘के पछिल्लो शताब्दीलाई आभास थियो कि सामाजिक श्रमको गर्भमा यस्तो उत्पादक शक्ति सुतिरहेको छ ?’ भन्ने विचारलाई प्रस्ट्याउँदै भन्छन् ‘माक्र्सले पुँजीवादी व्यवस्थामा ‘उत्पादक शक्ति’ को भौतिक आधारको निर्माण गर्ने बताएका छन् र उत्पादक शक्तिको निर्माण पुँजीवादको ऐतिहासिक कार्यभार हो ।
पुँजीवादी व्यवस्थाले मानवताको हितमा आउने हरेक सम्भावनालाई बदल्न अस्वीकारमात्र गर्दैन बरु यसलाई असम्भव पनि बनाउने गर्दछ भन्ने माक्र्सले गरेका भविष्यवाणीबारे पुस्तिकामा रणधिर सिंह चर्चा गर्दछन् ।
लेनिनको नेतृत्वमा रुसमा क्रान्ति भयो जतिबेला विश्वमा पुँजीवादी देशहरू एक आपसमा सर्वाधिक शत्रुतापूर्ण व्यवहार गर्थे । लेनिनले पहिलो चोटी माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दा त्यो जटिल परिस्थितिमा पराजयको सम्भावना रहेको लेखकले विश्लेषण गरेका छन् । लेनिनले पराजयको सम्भावना देख्दा पनि उनी सङ्घर्षको भावनालाई जोड दिंदै कतिसम्म अगाडि बढ्न सकिने भनी लागिपरेको लेखकले औंल्याएका छन् ।
भारतीय विद्वान रणधिर सिंहले भारतको अवस्थाबारे पनि चर्चा गरेका छन् । उनी भारतलाई पुँजीवादी संसारको एक अ·को रुपमा हेर्छन् । उनी जवाहरलाल नेहरूको समाजवादलाई भूमण्डलीकृत पुँजीवादको नामाकरण गर्छन् । उनी भारतको ऐतिहासिक अनुभवलाई विश्लेषण गर्दै भन्छन्, भारतीय जनताले आफ्नो समस्याको समाधान पुँजीवादबाट गर्न सक्दैनन् । जनताको जीवनशैलीको स्तर उठाउन देशमा आमूल परिवर्तनको खाँचो रहेको र आमूल परिवर्तनसँगै हुने विकासले मात्र जनताको जीवनस्तर अघि बढ्ने कुरा विभिन्न उदाहरणसहित पुष्टि गर्छन् ।
ब्राजिलका एक जना राष्ट्रपतिले आफ्नो देशको बारेमा बोल्दै वाशिङ्टनमा बयान दिंदै भनेका थिए– ‘देशको आर्थिक स्थिति बलियो छ, तर जनताको छैन ।’ पुँजीवादी भूमण्डीकृत समाजमा हरेक देशको अवस्था यस्तै हुने गर्दछ ।
निष्कर्षमा लेखक भन्छन्, ‘जति हामी समर्पित भएर घनघोर सङ्घर्ष गर्छाैं, त्यही सङ्घर्षबाटै आउने शताब्दीलाई आफ्नो शताब्दी बनाउन सक्छौं ।’
मसिनो आकारमा सस्तो मूल्यमा प्रकाशित सिंहको यो महत्वपूर्ण लेखन पठनीय छ । यति सानो पुस्तिकामा बृहत् माक्र्सवादी दृष्टिकोणको व्याख्या अटाउने प्रयास गरिएको छ । पुस्तिका माक्र्सवादी साहित्य र राजनीतिप्रति चासो राख्नेका लागि निकै उपयोगी छ । पुस्तिकाका प्रकाशक र लेखकमा साधुवाद ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *