पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २७ मंसिर

पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ४१६ पीसीआर र २ हजार ८२० जनाको एन्टीजेन परीक्षणका क्रममा ३४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८२४  सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३७६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ। हाल ९७ जना क्वारेन्टाइनमा छन्। १२६ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लाे २४ घण्टामा देशभर १ लाख  ८७ हजार ६६४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *