६० हजारभन्दा बढीले पाए कोरोना बिमा दाबी भुक्तानी

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २ बैशाख

कोरोना बिमा दाबी बापत  हालसम्म ६० हजार ५८७ जनाले भुक्तानी पाएका छन्। हालसम्म कोरोना बिमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांक छ।
चैत ३० सम्म  कोरोना बिमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको बिमा समितिले जनाएको छ।

बिमा दाबी बापत आवेदन दिनेमध्ये ६६६ जनाले भने रकम नपाउने भएका छन्। नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाले दाबी रकम नपाउने समितिले जनाएको छ।

कोरोना बिमासम्बन्धी मापदण्डअनुसार साढे ३ अर्बभन्दा बढीको दाबी भुक्तानी सरकारी कोषबाट हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *