आज १२३६ जना कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ मंसिर

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा २ लाख १० हजार ६ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख १० हजार ४ सय ६०  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ सय १ जना क्वारेन्टाइनमा छन्। नेपालमा १७ हजार २ सय ३७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *