श्रीलङ्का संकट: औषधिको मूल्य झन् आकासियो, बढ्दै अभाव

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ असार आर्थिक संकट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ। सरकारी मेडिकल अफिसर्स एसोसिएसनले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ। जीएमओए सञ्चार समितिका […]

Continue Reading

थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित पाँच सय बढी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ परीक्षणमा ७८ जनामा संक्रमण भएको हो। जसमध्‍ये १३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २१३१ जनाको एन्टिजेन परीक्षण १८ गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। नेपालमा कोरोना भाइरसको […]

Continue Reading

भक्तपुर र हेटौंडामा समेत गरी २१ जनामा देखियो हैजा

न्यूज अपडेट संवाददाता काठमाडैां, २२ असार चाँगुनारायण नगरपालिका वडा नम्बर-४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । ‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको छ,’ […]

Continue Reading

का. प्रधानबाट जनताको सेवा गर्ने भावना सिक्नुपर्नेमा जोड

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ असार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवनसङ्गिनी तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधान (बिजुक्छेँ) को मङ्गलबार श्रद्धाञ्जली कार्यक्रम भयो । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले असार ८ गते निधन भएका शोभा प्रधानको व्यक्तित्व र योगदानबारे चर्चा गरे। कार्यक्रममा […]

Continue Reading

एकै दिन ११३ जनामा कोरोना संक्रमण 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ असार पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो। जसमध्‍ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा  ११३ जनामा संक्रमण देखिएको मन्त्रालयको […]

Continue Reading

असार २६ गते बकर इदमा सार्वजनिक बिदा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ असार सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ। उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता […]

Continue Reading

विवादित अर्थमन्त्री शर्माले राजीनामा दिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ असार स्वास्थ्य बीमासहित विभिन्न विषयमा विवादित अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे। उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएका बताए। उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ। शर्माले छानविन समितिलाई काम गर्न मार्ग […]

Continue Reading

रामेछापमा बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असार रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ५ पुरुष र […]

Continue Reading

सिपाडोलमा विद्युतीय खम्बा बेचेर खाइन् बुढी आइमाईले

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ असार भक्तपुर सिपाडोल चखुखोला नजिक डोलेश्वर जाने मुख्य बाटोमा रहेको नेपाल विद्युत प्राधिकरणको फलामको खम्बा एक बुढी आइमाईले कवाडीलाई बेची खाएको छ । सिन्धुपाल्चोक स्थायी घर भई हाल सिपाडोल चखुखोला नजिक डोलेश्वर जाने मुख्य सडकसँगै घर बनाई बसोबार गरी बस्ने आइमाईले उक्त खम्बा काट्न लगाई कवाडीलाई बेचेको स्थानीयले बताएको छ […]

Continue Reading

भक्तपुर आदर निकेतनको प्रारम्भिक भेला सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असार लक्ष्मी प्रसाद कुसीको अध्यक्षतामा तदर्थ समिति गठन भक्तपुरमा आदर निकेतनको आवश्यकतालाई दृष्टिगत गरी भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरणमा छलफल तथा भेला कार्यक्रम गर्दै आएको छ । उक्त प्रयोजनका लागि गठन प्रक्रियालाई अगाडि बढाउन भक्तपुर आदर निकेतनको प्रारम्भिक भेला सोमबार एक कार्यक्रमका साथ सम्पन्न भएको छ । […]

Continue Reading