सिपाडोलमा विद्युतीय खम्बा बेचेर खाइन् बुढी आइमाईले

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २१ असार


भक्तपुर सिपाडोल चखुखोला नजिक डोलेश्वर जाने मुख्य बाटोमा रहेको नेपाल विद्युत प्राधिकरणको फलामको खम्बा एक बुढी आइमाईले कवाडीलाई बेची खाएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भई हाल सिपाडोल चखुखोला नजिक डोलेश्वर जाने मुख्य सडकसँगै घर बनाई बसोबार गरी बस्ने आइमाईले उक्त खम्बा काट्न लगाई कवाडीलाई बेचेको स्थानीयले बताएको छ ।
उक्त खम्बा शुक्रवार राती ८ः०० बजेतिर काट्न लगाई कवाडीलाई बेचिएको अवस्थामा स्थानीयले देखेपछि कारवाहीका लागि जगाती प्रहरी वृत्तलाई जानकारी गराएको थियो । प्रहरीले सोही दिन आइमाईसँगै घरमा बस्ने सरकारी लेखा अधिकृतलाई समेत जाँचबुझका लागि हिरासतमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *