विवादित अर्थमन्त्री शर्माले राजीनामा दिए

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २२ असार

स्वास्थ्य बीमासहित विभिन्न विषयमा विवादित अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे।

उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएका बताए।

उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ। शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन्।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ। साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।

शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *