उपचारका क्रममा शिशुको मृत्युपछि भरतपुर अस्पतालका चिकित्सक र नर्स कोठामै थुनिए

न्यूज अपडेट संवाददाता चितवन, १३ साउन  उपचारका क्रममा शिशुको मृत्यु  भएपछि  आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन्। उपचारमा लापरवाही भएको भन्दै आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन्। भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने शिशु (छोरा)को बिहीबार दिउसो अस्पतालमा मृत्यु भएपछि आफन्तले चिकित्सक, नर्स तथा […]

Continue Reading

दमौलीमा डेङ्गुका सात बिरामी भेटिए

न्यूज अपडेट संवाददाता तनहुँ, १३ साउन  तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ। अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन्। पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिए। उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी […]

Continue Reading

नेपाल बंगलादेश जलस्रोत समितिको बैठक सुरु

न्यूज अपडेट संवाददाता काठमाडौं, १२ साउन नेपाल र बंगलादेशबीचको जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि विज्ञ समूहसहितको संयुक्त बैठक सुरु भएको हो ।बैठमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागर राईले नेतृत्व गरेका छन् भने बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका सचिव कबिर विन अनवार सहभागी छन् […]

Continue Reading

सांसद एकबाल मियाँद्वारा ख्वप सर्कलका कलेज र ख्वप अस्पतालको अवलोकन भ्रमण

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन लोकतान्त्रिक समाजवादी पार्टीका माननीय सांसद एकबाल मियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेजको बिहीबार स्थलगत अवलोकन भ्रमण गरे । सोही क्रममा भक्तपुर भ्रमणमा आएका सांसद मियाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरे र उनीहरुबीच भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याइरहेको योगदानबारे विचार […]

Continue Reading

गाईजात्रा प्रदक्षिणा मार्गमा तारहरु व्यवस्थित गरिने

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७९ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा बिहीबार सरोकारवालाहरुको बैठक बस्यो । बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै […]

Continue Reading

बागमतीमा कोभिड संक्रमित बढ्दै

न्यूज अपडेट संवाददाता ललितपुर, ९ साउन मुलुकमा दुई हप्ता अघिदेखि कोभिड संक्रमण पुनः वृद्धि भइरहेको छ। मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन्। बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए। उनले भने, “यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ […]

Continue Reading

घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि भक्तपुर अवलोकन

न्यूज अपडेट, संवाददाता भक्तपुर, ९ साउन कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका प्रमुख खड्गबहादुर रावतले सोमबार भक्तपुर नगरपालिकाको अवलोकन भ्रमण गरेको छ । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घोडाघोडी नपाका प्रमुख रावत सम्मिलित जनप्रतिनिधि टोलीले आइतबार भेट गरेका थिए । उनीहरुबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, विकास मोडलका विषयमा भएका विविध गतिविधिहरुबारे अनुभव आदानप्रदान भयो । […]

Continue Reading

सल्लाघारीमा निधन भएकाहरुप्रति नगर प्रमुख प्रजापतिद्वारा समवेदना प्रकट

न्यूजअपडेट संवाददाता भक्तपुर, ९ साउन भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा हिजो दिनको करिब १२ः३० बजे सल्लाको रुख ढली एक स्कुटर र मिनिबसमा सवार मध्ये चाँगु नपाका न्हुछेराम बखाद्यो, भक्तपुरका विशेष खर्बुजा र सर्लाहीको हरिवन नपा ४ का राजकुमार भुजेल ३ जनाको निधन भएकोप्रति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त […]

Continue Reading

वागीश्वरी कलेजमा ‘सामाजिक कार्य’ को अन्तरक्रिया

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ साउन वागीश्वरी कलेजमा ‘सामाजिक कार्य र यसका सम्भावना र चुनौती’ विषयमा आइतबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथि शिखरापुर सामुदायिक क्याम्पसका प्रमुख एवं सामाजिक कार्यका अभियन्ता निरोज श्रेष्ठले सामाजिक कार्यमा नविनतम् सोच राखेर औसत मान्छेभन्दा माथिको मान्छे बनेर कुनै एउटा सामाजिक क्षेत्र रोजेर अगाडि बढ्नुपर्ने […]

Continue Reading

भ्रष्टाचार विरोधी भावनाको अहिले पनि त्यत्तिनै महत्व

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ साउन नेपाल मजदुर किसान पार्टी सूर्यमढी एकाइ समितिले आइतवार भ्रष्टाचार विरोधी कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्ण गोविन्द लाखाले हिजो सहकारी संस्था कम मात्र खोल्दा पनि नवदुर्गा बहुमुखी सहकारी संस्थाबाट रासायनिक मल प्रदान गर्नका लागि लिएको रकमलाई दुरुपयोग गरी किसानलाई समयमा रासायनिक […]

Continue Reading