भ्रष्टाचार विरोधी भावनाको अहिले पनि त्यत्तिनै महत्व

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ साउन


नेपाल मजदुर किसान पार्टी सूर्यमढी एकाइ समितिले आइतवार भ्रष्टाचार विरोधी कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्ण गोविन्द लाखाले हिजो सहकारी संस्था कम मात्र खोल्दा पनि नवदुर्गा बहुमुखी सहकारी संस्थाबाट रासायनिक मल प्रदान गर्नका लागि लिएको रकमलाई दुरुपयोग गरी किसानलाई समयमा रासायनिक मल नदिई भ्रष्टाचार गरेको विषयवस्तु आज पनि त्यत्ति नै सान्दर्भिक भएको बताए । उनले भ्रष्टाचार विरोधी भावनाको महत्व आज पनि उत्तिकै रहेको चर्चा गरे । उनले अहिलेका बहुउद्देश्यीय सहकारीहरु नगरपालिकासँगै कुनै स्वीकृति नलिई सञ्चालन हुनाले जनताको रकम हिनामिना हुने डर निकै बढैको बताए । सहकारी संस्थाले गर्नुपर्ने सदस्यहरुप्रतिको जवाफदेही भए नभएको कुरा सदस्यहरुले राम्ररी बुझेर मात्र रकम जम्मा गर्नुपर्ने औंल्याए ।

आयोजक समितिका अध्यक्ष दिलभक्त कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छा, लक्ष्मीप्रसाद कुसी लगायतले असार १९ र साउन २ गतेको भ्रष्टाचारविरोधी क्रियाकलापबाट सिक्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *