वागीश्वरी कलेजमा ‘सामाजिक कार्य’ को अन्तरक्रिया

समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ साउन


वागीश्वरी कलेजमा ‘सामाजिक कार्य र यसका सम्भावना र चुनौती’ विषयमा आइतबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि शिखरापुर सामुदायिक क्याम्पसका प्रमुख एवं सामाजिक कार्यका अभियन्ता निरोज श्रेष्ठले सामाजिक कार्यमा नविनतम् सोच राखेर औसत मान्छेभन्दा माथिको मान्छे बनेर कुनै एउटा सामाजिक क्षेत्र रोजेर अगाडि बढ्नुपर्ने धारणा राखे । साथै सानो सानो कामबाट र निरन्तर प्रयासले समाजको परिवर्तनमा भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिए ।
‘सामाजिक कार्य विषयलाई अझ व्यवस्थित गर्नको लागि सरकारको बेवास्ता छ । तसर्थ हामीले सरकारको ध्यानाकर्षण गराउने ध्ययले प्रभावकारी कार्य गर्नुपर्दछ । उनले भने ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सामाजिक कार्यमा आउन सक्ने समस्यालाई चिरेर दत्तचित्त भएर लाग्नुपर्ने बताउँदै कलेजका सामाजिक कार्यका विद्यार्थीहरुको सफलता स्मरण गरे ।
कार्यक्रममा सामाजिक कार्यका विषय शिक्षक मंगलेश्वर ध्वजूले वागीश्वरी कलेजले गरेका विविध गतिविधिहरुबारे जानकारी दिए । विद्यार्थीहरु प्रविना थुया, कृसला मथ्या, कृष्णराम तमखू, सरिना बाडे, संगिता मगरले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *