पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १० मंसिर

पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार २८७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३०२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७५ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *