तरलता संकट यथावत, २३ अर्बले निक्षेप संकलन घट्दा ४३ अर्बले बढ्यो ऋण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ७ मंसिर

तरलता संकट यथावत, २३ अर्बले निक्षेप संकलन घट्दा ४३ अर्बले बढ्यो ऋण

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट थप गहिरिएको छ । कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी नाघ्दा समेत बैंकहरुले ऋण दिन रोकेका छैनन् । बैंकहरुले धमाधम ऋण लगानी गर्दा पनि निक्षेप भने बढ्न सकेको छैन ।

बैंकर्स संघका अनुसार कात्तिक यतामात्रै २३ अर्ब रुपैयाँले निक्षेप घटेको छ । यस अवधिमा निक्षेपभन्दा ऋण लगानी भने करिब दोब्बरले बढेको छ । कात्तिक यता ४३ अर्ब रुपैयाँ बैंकहरुले ऋण बढाएको बैंकर्स संघले बताएको छ ।

कात्तिक ५ गतेसम्म बैंकहरुको निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप थियो । मंसिर ३ गतेसम्म आइपुग्दा यो घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ । निक्षेप यसरी घट्दा पनि ऋण लगानी भने कात्तिक ५ गतेसम्म ३९ अर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ सम्म ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *