बेलयातमा १० हजार नेपाली नर्सलाई रोजगारीका लागि पठाउने सरकारको तयारी

समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं,३ मंसिर

नर्स पठाउने विषयमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहकार्य अगाडि बढाइरहेको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए।

बैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सचिव गौतमले उक्त जानकारी दिएका हुन्। उनले यस विषयमा बेलायत सरकारसँग नेपालले सम्झौताको तयारी गरिरहेको बताए।यो विषयमा छलफलसहित आवश्यक गृहकार्य भइरहेको छ। यहाँबाट पठाउँदा कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भन्ने विषयमा नै अहिले छलफल केन्द्रित छ,’ उनले भने।उनका अनुसार बेलायतले स्टाफ नर्स लैजान खोजेकाले मन्त्रालयले अन्य निकायसँग पनि छलफल गरेर प्रक्रिया अगाडि बढाउने छ।बेलायतका लागि छानिने नर्सकाे मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने बताइएको छ। यसका साथै बेलायत नर्स पठाउँदा बिमा, आउँदा जाँदाको खर्च लगायतका सुविधा पनि हुनेछ।दुई देशबीच सम्झौता भएमा सन् २०२ को मध्यतिर बेलायतमा नर्सलाई पठाउन सकिने मन्त्रालयको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *