विद्यालय सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल, के भयो निर्णय ?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३० भदाै

सरकारले कोरोना महामारीको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्न तयारी गर्ने निर्णय गरेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो।

बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का कार्यकारी प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलिया, सहसचिव दीपक शर्मा, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी तथा प्याब्सन, नेसनल व्याब्सन लगायतका प्रतिनिधिहरु सहभागी थिए।

बैठकले विद्यालय सञ्चालन गर्नुअघि विद्यालयहरुलाई नजिकको स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी टेस्टिङ, ट्रिटिङ र ट्रेसिङको व्यवस्था गर्ने निर्णय गरेको छ।

त्यसका लागि डिसिएमसीको सिफारिसको आधारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले जारी गरेको  विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण पालना हुने गरी विद्यार्थी, अभिभावक तथा शिक्षणहरुलाई कोभिड–१९ सम्बन्धी अभिमुखिकरण समेत गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।
तर, विद्यालय तत्काल सञ्चालन गर्ने वा नगर्ने भन्ने स्थानीय तहले आफ्नो स्थानीय तहमा कोरोना संक्रमणको जोखिमको आकलन गरी सोही अनुसार निर्णय गर्न सक्ने जनाएको छ।

स्थानीय तहले न्यून जोखिम रहेका क्षेत्रमा अब शिक्षा मन्त्रालयको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाका आधारमा विद्यालय सञ्चालन गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *