भदौ २२ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ३ हुने

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३ भदौ
वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भदौ २२ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ३ सुरु हुने भएको छ ।

कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसारयस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने छन् । यसका लागि साउन ३० गतेदेखि भदौ १२ गते सम्म दर्ता गर्ने
समय तोकिएको छ। अडिसन‌ भने भदौ २२, शुक्रवारको दिन विहान ११ बजे देखि हुने जानकारी दिएको छ ।

सो गायन प्रतियोगितामा निर्णायक मण्डलमा काठमाडौं विश्वविद्यालयका संगीत विभागका प्राध्यापक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा कम्पोजर गनु राज राई र गायिका सरिता प्रजापति रहको उनले जानकारी दिए ।
कार्यक्रममा साउण्ड पार्टनरका रूपमा भक्तपुर साउण्ड एण्ड लाइट्स, अडियो मास्टरिङ पार्टनरको रूपमा अक्टेभ म्युजिक स्टुडियो, अनलाइन मिडिया पार्टनर एबिसिडी खबर तथा ज्ञानखबर, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सर्मीज ब्यूटि जोन रहेका छन्। कार्यक्रममा आइकन म्युजिक एकेडेमी, संगीत ग्राम गुरुकुल नेपाल र अक्टेभ म्युजिक स्टुडियो ले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेको जानकारी छ।

स्मरणीय छ भ्वाइस अफ वागीश्वरी प्रथम २०७२ मा र दोस्रो २०७८ सालमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *