२४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २९ भदाै

पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार  १० हजार २६६ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १८०  र चार हजार १७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ५८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १९ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ६९० होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ५१२ संक्रमित छन् भने  ४५३ जना आइसियुमा र १३७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर २२३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *