न्यूज अपडेट संवाददाता
काठमाडाैं, २५ असार

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६५७ जना पिअिसार परीक्षण गर्दा १ हजार २३९ र ४ हजार ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार ३१६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। ६ लाख ६१ हजार ९२९ जना निको भइसकेका छन्। नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३४० जना संक्रमितको निको भइसकेको छन्।